8 years ago
January 11, 2018
धनगढी (हाम्रो खेलकुद)– यो वर्षको अहिले सम्मको सफल टोली त्रिभुवन आर्मी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई २-१ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले यो वर्ष तीन वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेको छ ।
खेलको छैटौं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ४९ औं मिनेटमा सुमन अर्यालले टोलीको अग्रता दोब्बर पारे । निराजन खड्काले ५३ औं मिनेटमा थ्री स्टारका लागि गोल गर्दै खेलमा फर्किने आशा देखाए पनि अन्य गोल हुन नसक्दा थ्री स्टार प्रतियोगिताबाट बाहिरिन पुग्यो ।
थ्री स्टार अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थियो । यहि प्रतियोगिताबाट थ्री स्टारले घरेलु फुटबलमा पुनरामगन गरेको थियो । जहाँ टोलीले रमपम झापा ११ लाई हराउँदै प्रतियोगितामा दमदार सुरुआत गरेको थियो ।
थ्री स्टारले पुनरागमन गर्दा राष्ट्रिय टोलीका दुई स्टार विमल घर्तीमगर र अनन्त तामाङलाई पनि समेटेको छ । त्यस्तै टोलीका पुराना खेलाडी बुद्ध चेम्जोङ पनि टोलीमा फर्केका छन् । अर्को तिर आर्मीले गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । त्यसअघि वैशाखमा टोलीले वीरगन्जमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो ।
गत वर्ष पहिलो चरण पार गरेर एन्फाको लापरवाहीका कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले सबै खाले प्रतियोगिता बहिष्कार गर्दै आएको थियो । एन्फाबाट १ करोड ५० लाख रुपैयाँ पाउने निर्णय भएपछि थ्री स्टार फुटबलमा फर्केको थियो । खप्तड गोल्ड कपको विजेताले उपाधि सहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
आयोजक सुदूरपश्चिम ११ र एपिएफ यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । आर्मीले साविक साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब वा अग्नी रुपन्देही ११ मध्ये एक सँग सेमिफाइनल खेल्नेछ । अन्तिम क्वार्टरफाइनल मनाङ र रुपन्देहीबीच शुक्रबार हुनेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]