default_image

8 years ago

January 11, 2018

चितवन फुटबल संघमा कार्की, एन्फा सह महासचिव मिश्र सदस्य

100 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – चितवन जिल्ला फुटबल संघको अध्यक्षमा श्रीकृष्ण कार्की निर्वाचित भएका छन् । बिहीबार सम्पन्न संघको सातौं अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्वितीय उपाध्यक्षमा विजय घले, तृतीय उपाध्यक्षमा जीवनकुमार लामा चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता चुडामणि सापकोटाले जानकारी दिए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा शकुन्तला खड्का, श्यामकुमार पिया, सञ्जीव मिश्र, प्रवीण जोशी, गोपालबहादुर तामाङ, प्रकाश भुजेल र रामहरि ढकाल चयन भएका छन् । कार्यसमितिको सचिव र कोषाध्यक्ष भने विधानअनुसार अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ । अध्यक्ष निर्वाचित भएपछि कार्की जिल्लामा खेलकुद संरचना निर्माण र फुटबलको गतिविधि बढाउन आफू लाग्ने बताए ।

साथै सदस्य क्लबहरु विस्तार गरी फुटबललाई बलियो बनाउन आफ्नो ४ वर्षे कार्यकाल केन्द्रित रहने उनले बताए । ‘चितवनमा फुटबलको टिम स्पीरिट राम्रो छ’, उनले भने, ‘हामीले सर्वसम्मत नेतृत्व चयन गरेर पनि यसको सन्देश दिएका छौं, थप मजबुत भएर काम गर्नेछौं ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिका रुपमा आएका रमेश रायमाझीले चितवन जिल्ला निकै सक्रिय र सम्भावना भएको जिल्ला भएकोले पनि नयाँ कार्यसमितिबाट धेरै आशा गरेको बताए । अधिवेशन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले आगामी दिनमा फुटबल संघले चितवनमा खेलमैदान निर्मााणको नेतृत्व गर्नुपर्ने बताए । पूर्वसचिव हेरम्बकुमार असीमले चितवनमा क्लब सदस्य बढाउन आगामी नेतृत्वको ध्यान जानुपर्ने बताए ।

साधारणसभा तथा अधिवेशनमा सचिव नारायण ढकालले पेश गरेको प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो । अधिवेशन कार्यक्रमको अध्यक्षता गरेका संघका अध्यक्ष राजेशराम श्रेष्ठले आफ्नो कार्यकालमा अपूरो रहेका काम पनि आगामी कार्यसमितिले पूरा गर्ने विश्वास व्यक्त गरे ।

एन्फा केन्द्रिय समितिको चैतमा हुने निर्वाचत अघि जिल्ला निर्वाचन भइरहेका छन् । एन्फाले ४५ जिल्लालाई पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको थियो । एन्फाको १७ सदस्यीय केन्द्रिय समितिको निर्वाचन चैत १४ गते हुँदैछ ।

केन्द्रीय उपमहासचिव चितवनबाट निर्वाचित
एन्फाका उपमहासचिव तथा प्रवक्ता सञ्जीव मिश्र चिवतनको कार्यसमिति सदस्य बनेका छन् । केन्द्रीय अधिवेशनका लागि प्रतिनिधि बन्ने बाटो बनाउन उनी चितवनको कार्यसमितिमा आएका हुन् । नेपाली फुटबलका विश्लेषकका रुपमा चिनिने मिश्रले फ्याक्समार्फत मनोनयन दिएर कार्यसमितिमा चयन भएको जानकारी दिए । चितवनमा फुटबलको सम्भावना भएका कारण यहाँबाट काम गर्न चाहेको उनले बताए । उनी लामो समयदेखि फुटबलमा क्रियासिल छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.