default_image

8 years ago

January 11, 2018

आयोजक कुमारी क्वार्टरफाइनलमा

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कुमारी कलेज केब्स अन्तर कलेज सिक्स ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । विवेक आले मगरको गोलमा बिहीबार कुमारी ‘ए’ले जय देवकोटा कलेजलाई १–० हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । विवेक खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

टाइम्स कलेज पनि प्रतियोगिताको अन्तिम आठमा पुगेको छ । टाइम्सले केयु सिटी कलेजलाई टाइब्रेकरमा ३–१ ले हरायो । निर्धारित ४० मिनेटका खेलमा दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

त्यस्तै आईडेल कलेज’ ए’ले रोयल्टी ‘बी’लाई ३–० ले हरायो । अन्तिम खेलमा विट्स एकेडेमीले कोलम्बसलाई २–० ले पराजित गर्यो । आइडेल र विट्स पनि क्वार्टरफायनलमा पुगेका छन् ।

कुमारी इङलिस बोर्डिङ स्कुल (केब्स) को आयोजनामा सुरु भएको यस प्रतियोगितामा राजधानीका ११ वटा कलेजका १६ टिमले प्रतिस्पर्धा गरिएको छन् ।

प्रतियोगिता काठमाडौं चावहितल तरकारी बजारको मैदानमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले २५ र दोस्रो हुनेट टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.