default_image

8 years ago

January 11, 2018

बगर भाई खलक एट ए साइड अर्को साता

126 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बगर भाई खलकको आयोजनामा साँतौ स्व. रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’ अर्को साता सुरु हुने भएको छ । ‘स्वस्थ्यको लागि एक घन्टा व्यायाम नागरिकका लागि नौलो आयाम’ भन्ने मुल उद्धेश्यका साथ प्रतियोगिता माघ २ गते देखि माघ ७ गते सम्म संचालन हुने आयोजक संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलन । तस्बिर सौजन्य : सुदर्शन रञ्जित

यसपटक बगर भाइ खलक युके, युनाइटेड भेट्रान कलकत्ता भारत, काठमाडौ, विरगञ्ज, हेटौडा, चितवन, बुटवल, कैलाली लगाएत स्थानिय क्लबहरु गरि २६ टोलीको सहभागिता रहने अनुमान गरिएको तयारी संयोजक चन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि ४० देखि ६५ वर्षको उमेर तोकिएको छ ।

पोखराको वगर स्थित टुँडीखेल मैदानमा आयोजना हुने उक्त प्रतियोगिता यस वर्ष पोखरा रत्न एवं खेलकुद कर्मी स्व. रन्जित गुरुङको स्मृतिमा खेलाइने छ । उनी पोखराको खेलकुदको विकास लागी सक्रिय व्यक्तित्व रहेका थिए । उनी तत्कालिन पोखरा उपमहानगरपालिकाले पोखरा रत्नवाट सम्मानित व्यक्तित्व समेत हुन ।

यस बर्ष देखि प्रतियोगिताको नगद पुरस्कार रासी मा वृद्धि गरिएको छ संस्थाले जनाएको छ । जस अनुसार  विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । अध्यक्ष गुरुङले प्रतियोगिता सम्पन्न गर्न करिव १३ लाख खर्च लाग्ने बताए । ‘भेट्रानहरुलाई मैदानमा उतारेर यो प्रतियोगिता मार्फत तिन वटा पुस्तालाई संगै हिडाउने प्रयासको थालनी’ भएको उनले बताए । उनले भने–‘हाम्रो प्रतिवद्धता नै समाजमा खेलकुदका माध्यम द्वारा स्वस्थ्य समाजको निर्माण गर्नु हो ।’

संस्थाले पोखराको खेल विकासमा योगदान गर्नेमध्येबाट प्रशिक्षक डम्बर गुरुङलाई सम्मान गर्ने भएको छ । यसअघि पूर्व खेलाडीस्व.सुक बहादुर गुरुङ, मोतिमान शाक्य (२०६८), स्व. शिवशंकर रंजित (२०६९), शम्भु कार्की (२०७०), केशब रंजित (आनन्द) (२०७१), ईन्द्र गौचन (२०७२) दक्ष वहादुर गुरुङ (२०७३) लाई सम्मान गरिएको थियो ।

स्व. रन्जित गुरुङको परिवार छोरा वुहारीहरु राजु गुरुङ र विमला गुरुङ र पदमराज गुरुङ र सीता गुरुङ छोरी ज्वाइहरु मन्जु गुरुङ र मेजर खुसीमान गुरुङ र जुली गुरुङ थापा र राजु थापाले संयुक्त रुपमा ५ बर्षको लागी मुख्य प्रायोजन गर्ने भएका छन भने बगर भाइ खलक युकेले सह प्रायोजन गर्ने भएको छ ।

वगर भाइ खलकले प्रतियोगिताका लागि शिल्ड, मेडल हरु समेत पठाएको संस्थाका महासचिव एवम जिल्ला खेलकुद विकास समितीका अध्यक्ष याम गुरुङले बताए । प्रतियोगिताका लागि मोहन गुरुङ युके, दिनेश गुरुङ र पोखरा १६ निवासी प्रतिक गुरुङले नगद सहयोग गरेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.