8 years ago
January 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीमा आज दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’ को अन्तिम क्वार्टरफाइनल खेल हुँदैछ ।
अन्तिम क्वार्टर फाइनल खेलमा घरेलु फुटबलमा निकै सशक्त टोली तथा डिफेन्डिङ च्याम्पियन लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्ग्दी क्लबले अग्नि रुपन्देही–११ सँग्र प्रतिस्पर्धा गर्दैछ । खेल दिउंसो २ बजेपछि घनगढी रंगशालामा हुनेछ । मनाङ वाई पाएर सिधै क्वार्टरफाइनलमा पुग्न सफल भएको हो भने रुपन्देहीले भुटानको ड्रुक स्टारलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
रुपन्देहीलाई पराजित गर्दै मनाङ उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । यस सिजन दुई उपाधिसहित अरु तीन प्रतियोगिताको फाइनलमा पुगेको मनाङसँग राष्ट्रिय टिमका विराज महर्जन, विशाल राई, हेमन गुरुङ, कमल श्रेष्ठ र सुजल श्रेष्ठ गरी पाँच खेलाडीको साथ छ ।
दुई महिनाअघि राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका कप्तान अनिल गुरुङको पनि मनाङलाई साथ छ । यस्तै बिमल बस्नेत, बिमल राना, डोना थापा तथा तीन विदेशी खेलाडी मनाङमा रहेका छन् । यता रुपन्देहीमा अमर डंगोल, उत्तम गुरुङ, रुपेश केसी, लक्ष्मण रुचालजस्ता खेलाडीहरु रहेका छन् ।
आजको खेलको विजेताले फाइनल प्रवेशका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले बिहिबार तेस्रो स्वार्टरफाइनल खेलमा १४ महिनापछि घरेलु फुटबलमा पुनरागमन गरेको रुस्लान थ्री स्टार क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।सेमिफाइनलमा समूह ‘ए’ बाट आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब र विभागीय टोली नेपाल एपीएफ क्लब प्रवेश गरिसकेका छन् ।
पुस २१ बाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५ लाख ५५ हजार ५५५ नगद प्राप्त गर्नेछ । यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडिले समान १५-१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]