default_image

8 years ago

January 12, 2018

चेल्सी नेपाल कार्निभल जनवरी २० मा

224 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद)- चेल्सी फुटबल क्लबको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह चेल्सी नेपालले यहि जनवरी २० तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्ट्स हाईव बारमा चेल्सी कार्निभल गर्ने भएको छ। 

चेल्सी नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्दन  गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ। संस्थागत रुपमा नेपालकै पहिलो फ्यान क्लब चेल्सी नेपालले नियमित यस प्रकारको कार्यक्रम गर्दै आएको छ र त्यसैलाई निरन्तरता दिन लागेको क्लबका सचिव सलिल प्रसाद श्रेष्ठले जानकारी दिए। श्रेष्ठ भन्छन्,’ बिगतमा हामीले धेरै कार्यक्रम गरेपनि कार्निभल भनेर गर्न लागेको पहिलो पटक हो र यो कार्यक्रम बारे चेल्सी क्लबलाई पनि हामीले ध्यानकर्षण गराइसकेका छौं।’

कार्निभलमा चेल्सी सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता, विभिन्न मनोरन्जनात्मक खेल, लाइभ ब्याण्ड, वृतचित्र प्रदर्शनी र चेल्सीका पुराना खेलाडीसँग लाइभ भिडियो अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। हाजिरी जवाफ र विभिन्न मनोरन्जनात्मक खेलको बिजेताहरुले आकर्षक पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक अजित ताम्राकारले बताए।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.