8 years ago
January 12, 2018
धनगढी (हाम्रो खेलकुद)– साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । चौथो तथा अन्तिम क्वार्टरफाइनलअन्तर्गत आज अग्नी रुपन्देही ११ लाई ४–० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो ।
मनाङले अब शनिबार नै त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनल खेल्नेछ । आर्मी रुस्लान थ्री स्टारलाई हराउँदै अन्तिम चारण्मा पुगेको थियो । मनाङको जितमा भिक्टर, विशाल राई र विमल रानाले गोल गरेका थिए । अर्को एक गोल आत्मघाती भएको थियो ।
खेल सुरु भएको १९ औं मिनेटमा भिक्टरको गोलमा मनाङले अग्रता लिएको थियो । कप्तान अनिल गुरुङको पासमा भिक्टरले गोल गरेका थिए । ५५ औं मिनेटमा रुपन्देहीका छिरिङ गुरुङको आत्मघाती गोलमा मनाङको अग्रता दोब्बर भएको हो । खेलको अन्त्यतर एक मिनेटको फरकमा दुई गोल गर्दै मनाङले जित सहज बनाएको थियो । विशालले ८३ औं र लगत्तै अर्को मिनेटमा विमलले गोल गरेका थिए ।
मनाङका भिक्टर खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । अर्को सेमिफाइनल आयोजक सुदूरपश्चिम ११ र एपिएफ क्लबबीच आइतबार हुनेछ । खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]