default_image

8 years ago

January 12, 2018

एन्फा कास्कीलाई पुनः क्रियासिल बनाउन अन्तरक्रिया

103 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– ऋणमा पर्नुका साथै निस्क्रिय अवस्थामा रहेको कास्की जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन अब सक्षम नेतृत्वको विकल्प नभएकोमा सरोकारवालाले आवाज उठाएका छन् । नियमित गतिविधि गर्न नसकेको, पोखरा कप फुटबल प्रतियोगितालाई निरन्तरता दिन नसकेको, ऋणमा रहेकाले पुरानै अवस्थामा फर्काउन ढिलाई गरे कास्कीको फुटबल नै नरहने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च, समन्वय शाखा कास्कीले शुक्रबार ‘कास्कीको फुटबल विकासमा हाम्रो भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एन्फा कास्कीका पूर्व अध्यक्ष, पदाधिकारी, क्षेत्र, जिल्लाका खेल पदाधिकारी लगायतको उपस्थिति थियो ।

पश्चिमाञ्चल क्षेत्रिय फुटबल संघका अध्यक्ष खेमबहादुर गुरुङले आफ्नो नेतृत्वमा संघलाई निकै क्रियासिल बनाएको उल्लेख गरे । ‘८ लाखको अक्षयकोष स्थापना गरियो । खेलाडी, खेल पत्रकार सम्मानदेखि पोखरा कप जस्ता प्रतियोगिता आयोजना हुन्थ्यो ’ एन्फाका कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका गुरुङले भने ‘अहिले रुकुम रोल्पातिर फुटबल प्रतियोगिताहरु हुन्छन्, कास्की जस्तो संघ कहाँ पुग्यो ? आर्थिक पारदर्शिता खै ? ऋणमा संघ कसरी डुब्यो ?’

गुरुङले खेल पत्रकारहरुले पनि समयमै यस्ता अवस्थामा खबरदारी गर्न आवश्यक रहेको भन्दै कास्कीको फुटबलको विकासमा आफू सधैं लागिपर्ने बचनबद्धता प्रकट गरे । उनले फुटबलजस्तो खेल हाँक्ने व्यक्ति एकल रुपमा यस्तै तरिकाले अघि बढ्छु भन्ने दिवास्वप्न नदेख्न चेतावनी समेत दिए । उनले मत प्रकट गर्ने क्लबका प्रतिनिधिले यसबारे सोचेर राम्रो नेतृत्व चयन गर्न सुझाव दिए । कास्कीमा २४ क्लब एन्फा कास्की अन्तर्गत भएपनि ६ वटाले लिग नखेलेका कारण १८ क्लबसँग मताधिकार रहेको छ ।

एन्फा कास्कीका अध्यक्ष धरम लामिछानेको अनुपस्थितिमा संघको प्रतिनिधित्व गर्दै सहभागी उपाध्यक्ष मिलन गुरुङले निर्वाचित पदाधिकारीहरुले समस्यादेखि डराएर भागेपनि आफूले यहाँसम्म संघलाई ल्याएको जिकिर गर्दै ऋण मुक्त बनाएर अधिवेशन गर्ने प्रतिबद्धता जनाए ।

‘संस्थामा पद खान तछाँडमछाड गर्ने अनि जब घाटा हुन्छ, ऋण लाग्छ राजिनामा दिएर भाग्ने ? ’ गुरुङले भने, ‘म भाग्दिन । जिम्मेवार व्यक्ति हुँ । ऋण तिरिन्छ। ’ २०७० सालको अधिवेशनमा निर्विरोध अध्यक्ष भएका गोपीबहादुर भट्टराई, निर्वाचित महत्वपूर्ण पदाधिकारीहरु महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष शुक गुरुङले राजिनामा दिएपछि एन्फा कास्कीले विशेष अधिवेशन पनि नगरेका कारण संघ अहिले निस्क्रिय अवस्थामा छ । गुरुङले पछिल्लो समय चारपाँच लाख ऋण लागेको भएपनि बाहिर आएजस्तो नभएको दाबी गरे ।

उनले संस्थामा हालकै पदाधिकारीबाट सहयोग नभएको, अडिट तयार भएर समेत पास हुन नसकेको, वास्तै नगर्ने परिपाटीले संस्था यो अवस्थामा आईपुगेको जनाउँदै माघ २ गते नै अधिवेशन हुने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एन्फाको विधानका कारण आफूहरुले हस्तक्षेप गर्न नमिल्ने भएकाले एन्फा, कास्कीको यो हालत टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । उनले अब पोखरामा मुलुककै उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएकाले यस रंगशालाको व्यवस्थापन गर्न सक्ने, प्राविधिक ज्ञान भएको सबल नेतृत्व आवश्यक रहेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले एन्फा कास्कीले अडिट रिपोर्ट, सम्पूर्ण आर्थिक कारोबार पारदर्शी हुने किसिमको कागजात नबुझाई गरेको अधिवेशनलाई मान्यता नदिने र रंगशाला समेत प्रयोग गर्न नदिने चेतावनी दिए ।

उनले यस्तो चेतावनी दिईरहँदा फुटबल र बक्सिङ यी दुई खेलका सन्दर्भमा भने राखेपले सिधा हस्तक्षेप गर्न नमिल्ने विधान छ । गुरुङले कास्कीमा ८५ वटा खेल संस्था दर्ता भएपनि २० वटा जति सक्रिय रहेको जनाए । केन्द्रिय प्रतिनिधि चुन्न र यहाँ अध्यक्ष बन्न मात्र चुनाव हुने नत्र खेल गतिविधि केहि नहुने उनको गुनासो छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनिल गुरुङले सन्यास लिएपछि अब नेपाली फुटबल हाँक्ने पोखराको को त ? प्रश्न खडा भएको भन्दै फुटबल विकासमा अब सबै एक भएर अघि नबढ्ने हो भने कास्की पछि पर्ने बताए । उनले रंगशाला अन्तर्राष्ट्रिय स्तरको हुने त। खेलाडी चाहिँ कसरी उत्पादन गर्ने ? मुख्य सवाल यही रहेको उल्लेख गरे ।

राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापा समेत सहभागी कार्यक्रममा सल्लाहकारहरु टीका कार्की, विक्रम थकाली, मदन केसी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, क्लबहरुका तर्फबाट बगर भाईखलकका दिलबहादुर गुरुङ, आदर्श क्लब भण्डारढिकका लक्ष्मीनारायण भट्टराई, ड्यामसाईड क्लबका पदमबहादुर ढकाल, शितलदेवी क्लबका सुरज श्रेष्ठ, भ्याली स्पोर्टस् क्लबका विश्व तण्डुकार, पूर्व सदस्य तिलकबहादुर अधिकारी लगायतले एन्फा कास्कीलाई ऋणमुक्त गराई पुनः चलायमान संस्था बनाउन आफुहरु पनि सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका मञ्चका अध्यक्ष केशव पाठकले कास्की जस्तो जिल्लामा फुटबल संघको समस्यालाई समाधान गर्ने हेतु कार्यक्रम आयोजना गरिएको बताए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.