default_image

8 years ago

January 13, 2018

खप्तड गोल्ड कपमा फाइनल अघिको फाइनल– मनाङ र आर्मी भिड्दै

121 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल सोमबार हुँदैछ । तर, धनगढी रंगशालामा शनिबार हुने पहिलो सेमिफाइनललाई फाइनल जत्तिकै महत्वका साथ हेरिएको छ ।

यो सिजन ५ वटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितिसकेका दुई टोली आज हुने सेमिफाइनलमा एकअर्काको सामना गर्दै छन् । जहाँ उपाधि रक्षाका अभियानमा रहेको साविक विजेता लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी र यो वर्षको अहिले सम्मको सर्वाधिक सफल टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेको छ । यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेका छन् । जसमध्ये २ मा आर्मी र १ मा मनाङ विजयी भएका छन् । यी दुई टोलीबीच आजको भेट वर्षको चौथो भेट हुनेछ ।

क्वार्टरफाइनलमा अग्नी रुपन्देही ११ लाई ४–० ले हराएको २४ घन्टा भन्दा कम समयमा मनाङ सेमिफाइनलका लागि उत्रदैछ । आर्मीले भने रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको दुई दिन पछि सेमिफाइनल खेल्दैछ । आयोजक सुदूरपश्चिम ११ को खेल तालिकाका कारण मनाङले लगातार दुई दिनमा दुई खेल खेल्न लागेको छ । अर्को तिर पहिलो खेल (पुस २१) मा जितेको आयोजक सुदूरपश्चिमले आइतबार अन्तिम सेमिफाइनलमा नेपाल एपिएफ क्लबको सामना गर्दैछ ।

गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा मनाङलाई हराएको आर्मी दुहवी गोल्ड कपमा भने पराजित भएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीच पहिलो पटक आज भेट हुँदैछ ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि आजको खेललाई फाइनलकै रुपमा हेरेका छन् । ‘हामी यो वर्ष चौथो पटक मनाङसँग खेल्दैछौं । २ वटा फाइनल जित्यौँ तर पछिल्लो फाइनल हारेकोले फेरि हामी जित्ने प्रयास गर्नेछौं, ‘उनले भने, ‘उनीहरुलाई भन्दा हामीलाई अलि बढी रेस्ट मिल्यो । अर्को टोलीमा सबै फिट छन् । सफल नतिजाको अपेक्षा छ ।’ धनगढीमा गत वर्ष आर्मी पहिलो खेलबाट बाहिरिएको थियो । यसपटक भने रुस्लान थ्री स्टारलाई हराउँदै आर्मी अघि बढेको थियो ।

मनाङका कप्तान अनिल गुरुङ पनि आर्मीसँगको खेललाई फाइनल सरह मान्छन् । ‘लगातार दोस्रो दिन खेल्नु पर्दा हामीलाइ केही दबाब छ । आर्मी फ्रेस भएर उत्रने छ,’ अनिलले भने,’ तर मैदानमा गइसकेपछि ‘एस्क्युज’ हुन्न । हामी आफ्नो क्षमता अनुसारको प्रदर्शनका लागि तयार छौं ।’

टोलीका रक्षक कमल श्रेष्ठ हिजोको खेलमा घाइते भएका कारण आज नखेल्ने अनिलले बताए । अग्नी रुपन्देही ११ का लक्ष्मण रुचाललाई आफ्नै टोलीका गोलकिपरसँग ठोक्किएर कमललाई चोट लागेको थियो ।

अनिलका नजरमा ‘यो वर्ष उच्च प्रदर्शन गर्ने टोलीमध्ये आर्मी एक हो । नयाँ र अनुभवी खेलाडी छन् । एकदमै फिट टोली छ,’ उनले थपे, ‘अहिले टेक्निकल्ली पनि निकै राम्रो भएको छ । नवीन (न्यौपाने) दाईले हेरेदेखि टोलीले निकै राम्रो गरिरहेको छ ।’

खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.