8 years ago
January 13, 2018
लेभरकुसेन (एजेन्सी)– जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखले बायर लेभरकुसेनको १२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लेभरकुसेनको घरेलु मैदानमा ३–१ को जित हासिल गर्दै शीर्ष स्थानको म्युनिखले १४ अंकको अग्रता बनाएको छ ।
गए राती पहिलो हाफमा जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफमा फ्रान्क रिबेरीले अग्रता दोब्बर गरेका थिए । तर केभिन भोल्याण्डले ७०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरेका थिए ।
खेलको अन्त्यतिर भ्रमणकारी म्युनिखले घरेलु टोलीबाट दबाब खेप्नु परेको थियो । तर रियल म्याड्रिडबाट लोनमा रहेका हामेज रोड्रिग्वेजले इन्जुरी समयको पहिलो मिनेटमा फ्री किक मार्फत गोल गरेपछि बायर्नको जित निश्चित भएको थियो । बायर्नले जितसँगै १८ खेलमा ४४ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको साल्केको १७ खेलमा ३० अंक छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]