8 years ago
January 13, 2018
धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी भिड्दै छन् । पहिलो हाफको अन्त्यमा आर्मीले २-१ को अग्रता लिएको छ ।

खेलको नवौं मिनेटमा मनाङले हेमन गुरुङद्वारा खेलमा अग्रता लिन सफल भयो । क्रसमा आएको बल आर्मीका गोलकिपर विकेश कुथुले राम्ररी क्लियर गर्न नसक्दा पेनाल्टी बक्समा रहेका हेमनले सो अवसरलाई सदुपयोग गरेका थिए ।
तर खेलको २३ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । खेलको ४२ औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले टोलीका लागि अग्रता लिने राम्रो मौका पनि खेर फालेका थिए । तर त्यसको ३ मिनेटपछि नवयुगले पाएको अर्को अवसर भने परिणत गर्दै आर्मीलाई खेलमा पहिलो पटक अग्रता दिलाए ।
धनगढी आउनु अघि आर्मीले मोफसलका ३ र मनाङले २ उपाधि जितिसकेको छ । यी दुई टोलीले गत महिना ३ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलिसकेका छन् । जसमध्ये २ मा आर्मी र १ मा मनाङ विजयी भएका छन् । यी दुई टोलीबीच आजको भेट वर्षको चौथो भेट हो ।
क्वार्टरफाइनलमा अग्नी रुपन्देही ११ लाई ४–० ले हराएको २४ घन्टा भन्दा कम समयमा मनाङ सेमिफाइनलका लागि उत्रिएको हो । आर्मीले भने रुस्लान थ्री स्टार क्लबलाई २–१ ले हराएको दुई दिन पछि सेमिफाइनल खेल्दै हो ।
गत महिना सताक्षी गोल्ड कप र मेची नेत्रालय काकरभिट्टा गोल्ड कपमा मनाङलाई हराएको आर्मी दुहवी गोल्ड कपमा भने पराजित भएको थियो । त्यसअघि आर्मीले वैशाखमा वीरगन्जमा विशाल स्मृति र मनाङले भदौंमा जेसिज कपको उपाधि जितेका थिए । दुवहीपछि यी दुई टोलीबीच आजको भेट पहिलो हो ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]