8 years ago
January 14, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करण अन्तिम चरणमा आइपुगेको छ । अब प्रतियोगितामा २ खेल मात्र बाँकी छन् । पहिलो संस्करणमा पहिलो खेलमै पराजित भएको त्रिभुवन आर्मी क्लब यसपटक फाइनल पुगिसकेको छ ।
साविक विजेता रहेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी यसपटक सेमिफाइनल भन्दा अघि बढ्न सकेन । आर्मीले नै मनाङको यात्रा सेमिफाइनलमा रोकेको थियो । सेमिफाइनलको त्यो हारका कारण मनाङका प्रशिक्षक छिरिङ लोप्साङले लगाए । क्वार्टरफाइनल खेलेको भोली पल्ट नै आर्मीसँग खेल्नु परेकोले टोली हार्नु परेको उनको भनाई थियो । उनको भनाईमा दम थियो ।
एउटा खेलपछि २४ घन्टा नवित्दै अर्को खेल फुटबलमा स्वीकार्य छैन । तर, नेपालको घरेलु फुटबलमा एउटै प्रतियोगितामा होइन, अलग अलग प्रतियोगितामा एउटा टोलीले लगातार खेल खेलेका धेरै उदाहरण छन् । ठूलो धनराशी र व्यवस्थापनका हिसाबले चुस्त प्रतियोगिताका रुप छवि बनाउँदै लगेको प्रतियोगिताले यसपटक खेल तालिकाका कारण भने आलोचना खेप्नु परेको छ ।
कुनै टोलीले चाहिने भन्दा बढी आराम पाएको छ भने कुनै टोलीले दुई दिनमा लगातार दुई खेल खेल्नु परेको छ । त्यसको सबैभन्दा ठूलो मार मनाङलाई परेको छ । अर्को दोस्रो सेमिफाइनल विजेता टोलीलाई पर्ने सम्भावना छ । आइतबार आयोजक सुदूरपश्चिम ११ र नेपाल एपिएफबीच दोस्रो तथा अन्तिम सेमिफाइनल हुँदैछ । फाइनल सोमबार हुनेछ ।
पहिलो खेल जितेको टोलीले ९ दिन आराम पाएको छ । संयोगले पहिलो खेल आयोजक सुदूरपश्चिम ११ ले नै जित्यो र टोलीले लामो विश्राम पायो । यसअघि जति लामो विश्राम पाएपछि फाइनलका लागि भने समय छैन । दोस्रो सेमिफाइनल पछि प्रतियोगितामा कुनै विश्राम छैन । आइतबार सेमिफाइनल जित्ने टोलीले सोमबार आर्मीसँग फाइनल खेल्नु पर्ने हुन्छ ।
आयोजक पहिलो खेल जितेर सेमिफाइनल पुगेको थियो । अर्को तिर नेपाल एपिएफले भने दुई खेल जितेर अन्तिम चारको यात्रा तय गरेको थियो । सुदूरपश्चिमले च्यासल युथ क्लबलाई टाइब्रेकरमा हराएको थियो । पहिलो खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टीमा हराएको एपिएफले सिएमजी क्लब संकटालाई हराएर अन्तिम चारको यात्रा तय गरेको थियो ।
आर्मीले सेमिफाइनलमा पनि एक दिनको आराम पाएको थियो । फाइनलमा पनि आर्मीलाई फाइदा छ । मनाङलाई हराएपछि एक दिनको विश्रामपछि मात्र टोली फाइनलमा उत्रनेछ । एपिएफ र आयोजकलाई भने त्यो सुविधा हुने छैन । शनिबारको खेल जित्नेले कम्तीमा दोस्रो पुरस्कार ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पक्का गर्नेछ । विजेताले उपाधिसहित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]