default_image

8 years ago

January 14, 2018

बागलुङ एन्फाको अध्यक्षमा पुनः गुरुङ

103 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – बागलुङ जिल्ला फुटलब संघको अध्यक्षमा पुनः रामराज गुरुङ निर्वाचित भएका छन् । शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षसहित कार्यसमिति निर्विरोध चयन गरेहो हो ।


संघको उपाध्यक्षमा टक बहादुर बोहोरा, विकास थापा र रेशम गोतामेलाई चयन भए । सदस्यमा लोक बहादुर खड्का, राजकुमार बोसेल, राजकुमार शर्मा, भानु आचार्य, प्रकाश शर्मा, राहुल बोहोरा, मनिष रायमाझी र सुरज खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन संयोजक संजिव कुमार श्रेष्ठले जानकारी दिए ।

महिला सदस्यमा रुविना श्रेष्ठ थापा निर्वाचित भइन् । संघको पहिलो बैठकले महासचिवमा जयराज भण्डारी, कोषाध्यक्षमा सुर्य लामिछानेलाई मनोनयन गरेको थियो ।

उद्घाटन समारोहमा बागलुङ नगरपालिकाका उपमेयर सुर्यन्द्र खड्काले फुटबलले सबै नागरिकहरुलाई एक जुट बनाएको र अन्तराष्ट्रिय रुपमा पनि नेपाललाई चिनाउन महत्वपूर्ण भुमिका खेलेको बताए । उनले जिल्लाबाट उत्कृष्ट फुटबल खेलाडी उत्पादनको पहल गर्न नगपालिका सहकार्यका लागि तयार रहेको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सहायक महासचिव गणेश भट्टराई, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियार र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना दिएका थिए ।

कार्यक्रममा जिल्लाबाट नेपालको यू १६ टोलीमा पर्न सफल प्रमल थापा र कमल थापा तथा एन्फा एकेडेमीका उत्पादन आशिष केसी, निशान थाापा र अभिशेक थापालाई जनही १ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.