8 years ago
January 14, 2018
दिपक बोहोरा (पाँचथर) – झापा जिल्ला फुटबल संघमा फुटबल प्रशिक्षक भगीरत आले ‘मामा’ सर्वसहमतिमा अध्यक्ष बन्नु भएको छ । शनिबार भएको जिल्ला फुटबल संघ झापाको अबिधेशनको भेलाले आलेलाई सर्वसहमतिमा अध्यक्ष छानेको हो ।
शनिबार भएको अबिधेशनबाट शेर बहादुर बस्नेत महासचिब र नेरेन्द्र मणी लिम्बुलाई कोषाध्यक्षमा सर्वसहमत चयन गरेको छ । सदस्यहरुमा जलकुमार गुरुङ, पङकज नेम्बाङ , कर्णबहादुर थापा मगर ,प्रदिप राई ,अमिरकुमार श्रेष्ठ ,टिका प्रसाई ,बुद्धराज लिम्बु र केदार चौधरीलाई चयन गरेको छ ।
शनिबारनै ताप्तलेजुङमा सर्वसहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि गरिएको चुनावमा बालकुुमार साँवा अध्यक्षमा निर्वाचित भएका छन। निर्वाचनमा मोती कुमार पालङवालाई ३ मतले पराजित गर्दै साँवा अध्यक्षमा निर्वाचित भएका हुन। ११ जनाको मताधिकार भएको निर्वाचनमा साँवाको पक्षमा ७ र पालङवाको पक्षमा ४ मत आएको थियो ।
उपाध्यक्षमा नरेन्द्र लिम्बु , चन्द्र थेम्बे र हाङ नारायन लिम्बु निर्वाचित भएका छन । सदस्यहरुमा शैलेन्द्र गुरुङ, दिनेश खवास, बिजय लिम्बु, अम्बीका लिम्बु, सुरेन निरोला ,छम्बु गुरुङ, सुदिर लिम्बु, कमला लिम्बु र बिन्दु तामाङ निर्वाचित भएको जिल्ला फुटबल संघ ताप्लेजुङले जनाएको छ । संघको महासचिब र कोषाध्यक्ष भने यहि निर्वाचित कार्यसमितिले मनोनित गर्ने जनाइएको छ । छिमेकि जिल्लाहरु सबैमा अघिबेशन हुँदा पाँचथरमा भने अबिधेशन भएको छौन ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]