default_image

8 years ago

January 14, 2018

एपिएफ र आयोजक सुदूरपश्चिम बीच पहिलो हाफ गोलरहित

118 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको दोस्रो संस्करणको दोस्रो सेमिफाइनलमा नेपाल एपिएफ र सुदूरपश्चिम ११ भिड्दै छन् । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका छैन । 

APS vs Sudur

पहिलो हाफमा दुवै टोलीले गोल गर्ने केही प्रयास गरेपनि दुवैतर्फबाट सशक्त प्रयास भने भएको छैन । खेलको २४ औं मिनेटमा राम सिंह राणाले आयोजक सुदूरपश्चिमलाई अग्रता दिलाउन मौका खेर फालेका थिए । डि बक्सबाट उनको प्रहार आकाशीएको थियो । त्यस्तै एपिएफमा श्याम नेपालीले ३० औं मिनेटमा बक्स बाहिरबाट गोल गर्न प्रयास गरे पनि उनको फितलो प्रहारले बिपक्षी गोल किपर अमानात शेखलाई दुख दिएन ।

एपिएफका नवीन नेपालले ३४ औं मिनेटमा बक्स बाहिरबाट गरेको राम्रो प्रहारलाई अमानातले पन्च गरेका थिए । एपिएफका राजेन्द्र रावलले ४१ औं मिनेटमा लामो दूरीबाट गोल गर्ने प्रयास गरेपनि उनको प्रहारलाई अमानातले पन्च गर्दै गोल हुन् दिएनन् ।

नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको पहिलो संस्करणमा पहिलो खेलबाट बाहिरिएको नेपाल आर्मीले यसपटक भने सेमिफाइनलमा मनाङलाई हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ । एपिएफ र आयोजक सुदूरपश्चिम बीचको विजेताले सोमबार आर्मीसँग फाइनल खेल खेल्ने छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.