8 years ago
January 15, 2018
धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता फाइनल आज हुँदैछ । धनगढी रंगशालामा हुने विभागिय डर्बीमा को च्याम्पियन बन्ला भन्नेमा फुटबलप्रेमीको निकै चासो रहेको छ ।
हिजो आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो । शुक्रबार साविक विजेता लक्ष्मी हुन्डार्ड मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले हराएर त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको थियो । गत वर्षको उपविजेतालाई यसपटक एपिएफले क्वार्टरफाइनलमै रोकेको थियो ।
खेल तालिका नमिलेका कारण मनाङ र एपिएफले लगातार दुई दिनमा दुई खेल खेल्नु परेको छ । मनाङ त्यहि कारण सेमिफाइनलमा रोकियो भने आज एपिएफ लगातार दोस्रो दिन उत्रने तयारीमा छन् । सहभागी टोलीबाट आयोजकले खेल तालिकाकै कारण आलोचना खेप्नु परिरहेको छ । आर्मी त्यस्तो यो प्रतियोगितामा त्यस्तो भाग्यशाली टोली बनेको छ, जसले सेमिफाइनल र फाइनल अघि एक दिन विश्राम पाएको छ ।
आर्मीका प्रशिक्षक नवीन न्यापाने विश्रामको फाइदा टोलीलाई हुने अनुमान गरेका छन् । ‘हामी केहि भाग्यशाली रह्यौं । सेमिफाइनल र फाइनलमा एकको विश्रामले फाइदा हुन्छ नै,’ उनले भने, ‘मनाङ र एपिएफलाई भने त्यसको मार परेको छ ।’
तर, न्यौपाने विश्रामनै जितको आधार मान्न भन्ने तयार छैनन् । ‘हामी सेट टिम हौं । नियमित अभ्यासमा छौं र यहाँ राम्रो पनि खेलिरहेका छौ,’ उनले थपे, ‘त्यसअर्थमा हामी च्याम्पियन बन्ने क्षमता राख्छौं । अहिले हाम्रो टोलीमा दोहोरो पहेलो कार्ड वा चोटको कुनै समस्या छैन ।’
अर्को तर्फ एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले उनले सेमिफाइनलमा फिनिसिङमा अझै केही समस्या रहेको र यसलाई सुधार गरेर उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् ।
‘हामीलाई फाइनलका लागि २४ घण्टाको आराम पनि छैन । यो प्रतियोगिता व्यवस्थापनको कमजोरी हो । तर, टाइसिट त्यही अनुसारको रहेकाले खेल्नैपर्ने बाध्यता छ,’ प्रशिक्षक महर्जनले सेमिफाइनलपछि भनेका थिए, ‘हामी फिजिकल्ली भन्दा पनि मानसिक रुपमा तयार भएर खेल्नेछौं । आर्मीसँग सताक्षी गोल्डकपको हारेका थियौं , त्यसको बदला लिने लक्ष्यमा हुनेछौं ।’
आर्मी यो सिजनको सबैभन्दा सफल टोली हो भने एपिएफ यो वर्ष पहिलो पटक फाइनल खेल्दैछ । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । दुहवी गोल्ड कपमा भने मनाङसँग पराजित भएको थियो ।
सताक्षी गोल्डकप भन्दा पनि दुवै प्रशिक्षक गत वर्ष पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको फाइनललाई स्मरण गरिरहेका छन् । आर्मीका प्रशिक्षक न्यौपानेले त्यो हारको बदला धनगढीमा लिने मौका मिलेको बताउँछन् भने एपिएफका महर्जन त्यहि फाइनलको निरन्तरताको पक्षमा छन् ।
त्यति बेला फाइनलमा आर्मी विरुद्ध २ गोल गरेका अन्जनले अहिले जारी प्रतियोगितामा पनि ३ गोल गरिसकेका छन् । आर्मीका लागि उनी अहिले पनि चुनौति हुन सक्छन् । खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]