default_image

8 years ago

January 15, 2018

पोखरामा जारी सेभेन ए साइड फुटबलको छानविन गर्न भाग

117 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १२ औं दक्षिण एसियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागी दुई राष्ट्रका नाममा सम्बन्धित देशबाहिरका खेलाडीलाई खेलाइएको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कास्की जिल्ला फुटबल संघका पूर्व सचिव सुदर्शन रञ्जितले सत्यतथ्य छानविनको माग गरेका छन् ।

सेभेन ए साइडको उद्घाटनका अवसरमा । फाइनल तस्बिर

पुस २९ गते देखि सुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका,बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहेको जनाइएको छ । तर, भुटान र माल्दिभ्स टोलीका नाममा भारतीय खेलाडी खेलाइएको समाचार सार्वजनिक भएपनि त्यसप्रति चासो र चिन्ता व्यक्त गरिएको रञ्जितले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘माल्दिभ्स र भुटानको नाममा खेलेका खेलाडीहरु भारतीय भएको संचार माध्यममा समाचार छ । सम्बन्धित देशले आफ्ना खेलाडी नभएको भनेर सार्वजनिक अपिल गरिरहेको अवस्थामा नेपालको अन्तराष्ट्रिय छवी कहाँ पुग्ला ? यदि यो सत्य हो भने अन्तराष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो गल्ती हो भन्ने मैले बुझेको छु ।’

उनले विज्ञप्तीमा अगाडी भनेका छन्, ‘फरक देशका खेलाडीले आफै समूह बनाएर अर्को कुनै देशको नामबाट खेल्दा पनि अनभिज्ञ नेपाली फुटवलका नियमक निकाय माथी यो ठूलो प्रश्न हो । त्यस माथी प्रतियोगितालाई गरिमामय सांसदले उद्घाटन गरेको प्रतियोगिता नियम विपरित हुँदा त्यसको सन्देश कस्तो जाला ?’

रञ्जितले नेपाली फुटबल वा खेल जगतका नियमक निकाय (युवा तथा खेलकुद मन्त्रालय, राखेप, क्षेत्रीय खेलकुद विकास समिति लगायत) ले यसको तथ्य अनुगमन र अनुसन्धान गरी बास्तविकता सार्वजनिक गर्न अपिल समेत गरेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.