default_image

8 years ago

January 15, 2018

खप्तड गोल्ड कप फाइनल: पहिलो हाफ गोलरहित

130 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता फाइनल खेलको पहिलो हाफमा आर्मी र एपिएफले गोलरहित बराबरी खेलेका छन् ।

दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका छैनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए ।

त्यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रि-किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार फेरी अमृतले बचाएका थिए । पहिलो हाफको अन्त्यमा सन्तोष श्रेष्ठको प्रहार विकेश कुथुले राम्रो बचाऊ गरे पछि पहिलो हाफ गोलरहित नै टुङ्गिन पुग्यो ।

हिजो आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो । त्यस्तै शुक्रबार साविक विजेता लक्ष्मी हुन्डार्ड मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ ले हराएर त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको थियो ।

आर्मी यो सिजनको सबैभन्दा सफल टोली हो भने एपिएफ यो वर्ष पहिलो पटक फाइनल खेल्दैछ । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । दुहवी गोल्ड कपमा भने मनाङसँग पराजित भएको थियो ।

खप्तड गोल्ड कपको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.