8 years ago
January 15, 2018
धनगढी (हाम्रो खेलकुद)– मोफसलको सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ । आर्मीले फाइनल खेलमा एपिएफलाई पेनाल्टीमा ५-४ ले हराउन सफल भयो ।
तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

दुवै टोलीले राम्रा अवसर सिर्जना गर्दै खेलको सुरुवात गरेका थिए । तर आर्मी र एपिएफ दुवैले एकअर्काको डिफेन्सको तोड खोज्न सकेका थिएनन् । खेलको २१ औं मिनेटमा अन्जन विष्टले एपीएफका लागि टोलीलाई अग्रता दिलाउने मौका गुमाएका पनि थिए ।
त्यस्तै खेलको ३१ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीको फ्रि-किक एपिएफका गोलकिपर अमृत चौधरीले बचाएका थिए । यसैगरी जर्ज प्रिन्सले ३७ औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार फेरी अमृतले बचाएका थिए । पहिलो हाफको अन्त्यमा सन्तोष श्रेष्ठको प्रहार विकेश कुथुले राम्रो बचाऊ गरेपछि पहिलो हाफ गोलरहित नै टुङ्गिन पुग्यो ।
त्यस्तै दोस्रो हाफको ५९ औं मिनेटमा नवयुग श्रेष्ठले दुई सुनौला अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसैगरी खेलको ८१ औं मिनेटमा नवयुगको पोस्टनजिकैबाट अर्को प्रहार एपिएफका अमृतले बचाएका थिए । अतिरिक्त समयको दोस्रो मिनेटमा नवयुगको अर्को प्रहार अमृतले उच्चस्तरिय बचाऊ गरेपछि नियमित समय पनि गोलरहितमै सकिएको हो ।
निर्धारित समय गोलरहित सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टीमा आर्मीले ५-४ ले बाजी मार्न पुग्यो । आर्मीले आफ्नो पाँचैं पेनाल्टीलाई परिणत गर्यो भने एपिएफका सुदिप शिख्राकार आफ्नो पेनाल्टीमा चुक्दा आर्मीले उपाधि जित्न पुग्यो ।
आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले पेनाल्टि परिणत गरेका थिए । एपिएफका पनि अन्जन विष्ट, नविन लामा,पासाङ लामा र रन्जन विष्टले आआफ्नो पेनाल्टी परिणत नै गरेका थिए ।
हिजो आयोजक सुदूरपश्चिम ११ लाई नेपाल एपिएफ क्लबले २–० हराएसँगै विभागिय टोलीको फाइनल पक्का भएको थियो । त्यस्तै शुक्रबार साविक विजेता लक्ष्मी हुन्डार्ड मनाङ मर्स्याङ्दी क्लबलाई ३–१ ले हराएर त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको थियो ।
यो आर्मीको यस सिजनको चौथो उपाधि हो । गत महिना झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको थियो । त्यस्तै वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि आर्मीले नै हात पारेको थियो ।
यस जितसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरेको छ तथा दोस्रो हुने एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि आर्मीका भरत खवासले जिते । उनले यामाहको मोटरसाइकल पनि हात पारे । विभिन्न विधामा उत्कृष्ट खेलाडिहरु यस प्रकार रहेका छन्:
अन्जन विष्ट (एपिएफ) – उत्कृष्ट स्ट्राइकर
टोप विष्ट (एपिएफ) – उत्कृष्ट डिफेन्डर
विकेश कुथु (आर्मी) – उत्कृष्ट किपर
सन्तोष तामाङ (आर्मी) – उत्कृष्ट मिडफिल्डर
अमानत सिहं (सुदुरपश्चिम) – उदयमान खेलाडि
नवयुग श्रेष्ठ (आर्मी) – फाइनलका म्यान अफ द म्याच
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]