8 years ago
January 15, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँगको छोटो समयमा मुख्यतः चोटमा बिताएका ओस्माने डेम्बेले फेरी चोटिल भएका छन् । उनको बाँया खुट्टाको तिघ्रामा चोट लागेको कारण खेलमा फर्कन ३ देखि ४ हप्ता लाग्ने स्पेनिश पत्रिका मार्साले जनाएको छ ।
यसै समरमा बार्सिलोनासँग आबद्ध डेम्बेले अघिल्लो सेप्टेम्बरदेखि यसै जनवरीसम्म चोटका कारणले बाहिर थिए । रियल सोसिडाडसँगको खेलमा दोस्रो हाफको २० औं मिनेटमा पौलिन्होको स्थानमा मैदान प्रवेश गरेका फ्रान्सेली स्ट्राइकर चोटका कारण बाहिरिएका थिए ।
यो हप्तामा दोस्रो पटक उनी चोटका कारण बाहिरिएका हुन् । यसअघि कोपा डेल रेमा सेल्टा भिगोसँग पनि चोटिल भएपछि उनले खेल छाडेका थिए । फिलिप कौटिन्हो पछिको क्लबका महँगा खेलाडी डेम्बेलेले बार्सिलोनासँग अनुबन्ध भएयता ४ खेल मात्र खेलेका छन् ।
डेम्बेलेको अनुपस्थितिमा पनि बार्सिलोना राम्रो लयमा रहेको छ । बार्सिलोना १९ खेलमा ५१ अंकका साथ ला लिगाको अग्रस्थानमा रहेको छ । दोस्रो स्थाममा रहेको एट्लेटिको म्याड्रिडको ४२ अंक रहेको छ भने बार्साको चिरपरिचित प्रतिद्वन्दि रियल म्याड्रिडको केवल ३२ अंक रहेको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]