8 years ago
January 17, 2018
काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब राखेप च्याम्पियनसिप अन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको पहिलो दिन अर्को विभागिय टोली एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल अन्तिम चारमा पुगेका थिए ।
दाङमा जारी फुटबल प्रतियोगितामा बुधबार आर्मीले पूर्वाञ्चललाई २–० ले हराएको थियो । दुई दिन पहिला नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मीको जितमा १७ औं मिनेटमा विवेक बस्नेत र खेल सकिन २ मिनेट बाँकी रहँदा दीप लामाले गोल गरेका थिए ।
अर्को खेलमा पुलिसले पश्चिमाञ्चललाई ४–० ले हरायो । पुलिसका लागि सुमन लामाले २ तथा निरकुमार राई र भोला सिलावलले गोल गरे । २८ औ. मिनेटमा निरकुमारको गोलबाट अग्रता लिएको पुलिसका लागि सुमनले ३१ औं मिनेटमा गोल गरे ।
भोलाले ४३ औं मिनेटमा गोल गर्दा पुलिसले पहिलो हाफमा ३–० को अग्रता लियो । सुमनले ६४ औ. मिनेटमा अर्को गोल थपे ।नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा बिहिबार पुलिस र एपिएफ तथा आर्मी र सुदूरपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]