default_image

8 years ago

January 18, 2018

माइलेज बढाउँदै रुपन्देहीको फर्साटिकर कप

135 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – रुपन्देहीका विभिन्न ठाउँहरुमा सञ्चालन भएका फुटबल प्रतियोगिताहरुले एक किसिमको चर्चा पाइरहेका त हुन्छन् नै तर प्रभावकारीताको हिसावले चर्चा गर्न लायक एक प्रतियोगिता हो — फर्साटिकर कप ।

रुपन्देहीको दक्षिणी भेगमा विगत ५ वर्षदेखी निरन्तर रुपमा सञ्चालनमा आएको फर्साटिकर कप यस क्षेत्रको गहनाको रुपमा हेरिन्छ । २०६३ सालमा स्थापना भएको क्लब जिल्ला फुटबल संघ रुपन्देहीमा २०७० सालमा आबद्ध भएसँगै निरन्तर रुपमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यत्तिमात्र होइन रुपन्देही लगायत आसपासका जिल्लाहरुमा सञ्चालन हुने विभिन्न चर्चित प्रतियोगितामा पनि फर्साटिकरको दमदार उपस्थिती देख्न सकिन्छ । भर्खरमात्र सम्पन्न जिल्ला फुटबल सघं रुपन्देहीको उपाध्यक्षमा निर्वाचित मुकेश कुवरले नै क्लबको नेतृत्व गरिरहेका छन् ।

पहिलो संस्करणमा ६५ हजार प्रथम पुरस्कार रहेको फर्साटिकर कपले पाँचौं संस्करणसम्म आइपुग्दा पुरस्कार राशिमा दोब्बर बृद्धि गरेको छ । हाल प्रथम विजेता टिमले १ लाख २१ हजार र दोस्रोले ६५ हजार प्राप्त गर्ने फर्साटिकर कप फुटबल प्रतियोगिताका खेल संयोजक यज्ञमुर्ति अधिकारीले हाम्रो खेलकुद डटकमलाई बताए ।

“जहाँ स्थानीयको सपोर्ट छ ”

स्थानीय युवाहरुको राम्रो सहभागिता र समन्वयले फर्साटिकर कपले छुट्टै माइलेज लिएको छ । त्यसो त क्लबले वार्षिक क्यालेन्डर अनुसार नै क्रिकेट लगायत अन्य प्रतियोगिताहरु सञ्चालन गरिरहेको छ । जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष कुमार केसीले भने, “ग्रामीण क्षेत्रको फुटबललाई उकास्न र प्रतिभाहरुलाई ठाउँँ दिन यो कप निकै महत्वपुर्ण बनेको छ ।”

फर्साटिकरमै खनाल ब्रर्दश क्लब सञ्चालन गरेका सिद्धान्त खनालले रुपन्देहीमा फुटबलको हकमा गर्व गर्न लायक क्लब नै फर्साटिकर युवा क्लब भएको दाबी गर्छन् । हालसम्म क्लबले ७० देखि ८० लाख रुपैया यही कपको लागी खर्च गरिसकेको क्लबका अध्यक्ष कुवरले बताए ।

“अध्यक्ष कुवरको फुटबल उडान”

जिल्ला फुटबल संघ रुपन्देहीमा उपाध्यक्षमा निर्वाचित भइसकेपछी थप जिम्मेवार महशुस गरेका अध्यक्ष कुवरले छोटो समयमै आफुलाइ प्रमाणित गरेका छन् । जिल्लामा सक्रिय भनिएका क्लबहरु सेलाएको अवस्थामा फर्साटिकरले निरन्तर प्रतियोगिताहरु सञ्चालन र सहभागिता जनाएर गतिलो छाप छोडेको छ ।

५०० जना अट्ने स्थायी प्याराफिट समेत बनाएको क्लबले फर्साटिकर उच्च माविको खेल मैदानलाई संरक्षण गरेर प्रतियोगिता गरिरहेको छ । हालसम्म क्लबले सुजन राना, विकास मगर, कृष्ण राना, मुकेश कुवर लगायत ए डिभिजनका विभिन्न क्लबबाट खेलेका खेलाडीहरु जन्माइसकेको छ । कुनै बेला आरसीटी र एनआरटीबाट समेत व्यवसायिक फुटबल खेलेका मुकेश कुवर अहिले आफ्नै गृहजिल्लामा फुटबललाई उकास्ने अभियान्ता भएका छन् ।

३ दशक पार गरिसकेका उनको स्थानीय स्तरको प्रतीयोगीतामा अहिले पनि उत्तिकै जोश र जागरका साथ सहभागीता हुने गरेको छ । यहि पुस २१ गतेबाट सञ्चालनमा आएको प्रतियोगिताको समापन माघ ६ गते हुने छ । कुल १६ टिमको सहभागिता रहेको प्रतियोगिताको पहिलो संस्करणको उपाधि घरेलु टिम खनाल ब्रर्दशले जितेको थियो भने गत बर्षको विजेता टिम आयोजक फर्साटिकर युवा क्लब नै रहेको थियो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.