default_image

8 years ago

January 18, 2018

फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लियो

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा वरियतामा नेपाल ६ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले बिहिबार जारी गरेको नयाँ वरियता अनुसार नेपालले ६ स्थान सुधार गर्दै १ सय ६५ औं स्थानमा उक्लिएको हो ।

अघिल्लो महिना नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत छ । दक्षिण एसियामा भारत, अफगानिस्तान, माल्दिभ्स शीर्ष तीनमा रहेका छन् । भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान क्रमश पाँचौं देखि आठौं स्थानसम्म छन् ।

छिमेकी मुलुक भारत तीन स्थान सुधार गर्दै १ सय २ औं स्थानमा पुगेको छ । अफगानिस्तान १४८ औं स्थानमा यथावत रहँदै दक्षिण एसियामा दोस्रो स्थानमा यथावत छ । पाँच स्थान सुधार गर्दै माल्दिभ्स १ सय ५० औं स्थानमा रहेको छ । भुटान १ सय ८८ औं स्थानमा, बंगलादेश १ सय ९७ औं स्थान, श्रीलंका २ सयौ स्थान र पाकिस्तान २ सय १ औं स्थानमा यथावत छन् ।

विश्व वरियतामा शीर्ष १४ सम्म कुनै परिवर्तन भएको छैन । शीर्ष वरियतामा विश्वविजेता जर्मनी रहेका छ । ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली शीर्ष १० स्थानमा रहेका छन् । पेरु, डेनमार्क, कोलम्विया र इटाली ११ देखि १४ औं स्थानमा यथावत रहेका छन् ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.