8 years ago
January 19, 2018
इटहरी (हाम्रा खेलकुद)– मोसफलको दुई ठूला धनराशीका मदन भण्डारी स्मृति अन्तर्राष्ट्रि«य आमन्त्रण इटहरी गोल्ड कप र नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिताबीच पुरस्कार राशीमा बढाउनेमा प्रतिस्पर्धा चलेको छ । यो वर्ष मात्र होइन अर्को वर्षका लागि पनि पुरस्कार राशी घोषणामा पनि प्रतिस्पर्धा भएको छ ।

मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक एसियन थाइ फुड्स प्रालिका महेश जाजु (दायाँबाट दोस्रो )राखेप सदस्य सचिव केशव विष्टलाई उपाधि हस्तान्तरण गर्दै । साथमा आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सञ्जिव ढुंगाना (दायाँ) ।
खप्तड गोल्ड कपले अर्को वर्षबाट विजेताले २१ रुपैयाँ पाउने घोषणा गरेको एक साता नपुग्दै इटहरी गोल्ड कपको पुरस्कार राशीमा बृद्धि गर्ने घोषणा गरेको छ । इटहरी गोल्ड कपको दोस्रो संस्करणमा पुरस्कार राशीमा दोब्बर भन्दा बढी बृद्धि गरिने भएको छ । इटहरी रंगशालामा शनिबारबाट सुरु इटहरी गोल्ड कपको तयारी पुरा भएको जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक राष्ट्रिय जागृति क्लबले बताएको छ ।
इटहरी गोल्ड कपको अर्को वर्षको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार दिने प्रतियोगिताको संरक्षक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले बताए । गत साता मात्र सम्पन्न नेपाल आइस सुदूरपश्चिञ्म खप्तड गोल्ड कपले अर्को वर्ष विजेतालाई २१ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एक साता नवित्दै इटहरी गोल्ड कपमा पुरस्कार राशी बढाउने घोषणा गरेको हो । यसपटकको खप्तड गोल्ड कपको विजेताले त्रिभुवन आर्मी क्लब ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो ।
इटहरी गोल्ड कपको यो संस्करणको विजेताले उपाधिसहित १२ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । ८ टोलीको सहभागिता रहेको इटहरी गोल्ड कपको उद्घाटन खेल रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीच हुनेछ । सोही समूहमा त्रिभुवन आर्मी क्लब र भुटानको ड्रुक युनाइटेड एएफसी छन् । अर्को समूहमा लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब, रमपम झापा ११, आयोजक राष्ट्रिय जागृति र भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब छन् ।
एसियन थाइ फुड्स प्रालिको मुख्य प्रायोजना रहेको प्रतियोगितालाई गोर्खा ब्रुअरीले प्रायोजन, इटहरी उप महानगरपालिका र मदन भण्डारी स्मृति प्रतिष्ठानले संयोजन गरेका छन् । राखेप मुख्य सहयोगी रहेको प्रतियोगितामा सहयोगी संस्थाका रुपमा सुनसरी जिल्ला फुटबल संघ रहेको छ ।
माघ १३ गते सम्म हुने प्रतियोगिताको सर्वोतकृष्ट खेलाडीले २५ हजारसहित ४२ इन्चको सेनसुइ एलइडी टिभी, प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिता सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, रक्षक, मिडिफल्ड, फरवार्ड र प्रशिक्षकले समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछ ।
राखेप सदस्य सचिव विष्टले गोल्ड कपका लागि देश भित्र आयोजना हुने सबै गोल्ड कपमा सहयोग गर्न धेरथोर सहयोग गर्दै आएको उल्लेख गर्दै आयोजकले प्रस्ताव ल्याएको खण्डमा अझै बढाउन पहल गर्ने बताएका छन् । ‘हामी हरेक प्रदेशमा ठूलो धनराशीको गोल्ड कप हुनुपर्दछ । त्यसका राखेप संरक्षकत्व प्रदान गर्दै पुरस्कार राशी प्रदान गर्न तयार छौं,’ उनले भने, ‘नेपालको व्यवसायिक फुटबलमा सहयोग गर्न यस्ता गोल्ड कप बढी भन्दा बढी हुनुपर्दछ ।’
इटहरी गोल्ड कपको आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सञ्जिव ढुंगानाले प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिए । राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार इटहरी रंगशालामा प्रतियोगिताको उद्घाटन गर्नेछिन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]