default_image

8 years ago

January 20, 2018

इटहरी गोल्ड कपमा थ्रीस्टार र एपिएफ भिड्दै

132 views

0 Bookmark

इटहरी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा पुनरागमन पछिको दोस्रो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले नेपाल एपिएफको सामना गर्दैछ । मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलमा थ्री स्टार र एपिएफ भिड्ने छन् । 

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको असन्तुष्टीका कारण एक वर्ष भन्दा लामो समय घरेलु फुटबलबाट अलग बसेको थ्री स्टारले धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तडमा गोल्ड कपबाट घरेलु फुटबलमा कमब्याक गरेको थियो । प्रतियोगितामा पहिलो खेलमा रमपम झापा ११ लाई हराउँदै क्वाटर फाइनलमा स्थान बनाएपनि दोस्रो खेलमा हार बेहोरेको थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको थियो ।

एपिएफ भने सोही प्रतियोगिताको फाइनलमा चुकेको थियो । एपिएफ संकटालाई क्वाटर फाइनलमा तथा आयोजक सुदूरपश्चिम ११ लाई हराउँदै फाइनल पुगेको थियो । संयोग, दुवै टोलीलाई आर्मीले हराएको थियो ।

खप्तड गोल्डकपमा थ्री स्टारको टोली

खप्तड गोल्डकपको फाइनलमा एपिएफका खेलाडी

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.