default_image

6 years ago

January 20, 2018

आर्मी र पुलिस उपाधिका लागि भिड्दै , एपिएफ एकै दिन दुई ठाउँमा खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागीय टोली भिड्दै छन् । पुलिसले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने आर्मीले सेमिफाइनलमा सुदुरपश्चिमलाई पराजित गरेको हो । सेमिफाइनलमा एपिएफले अग्रता लिएपनि पुलिसले नतिजा उल्टाउँदै जित हासिल गरेको थियो । आर्मीले पनि १-० बाट फर्कदै जित हासिल गरेको थियो । पुलिसले प्रतियोगितामा […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनल खेलमा दुई विभागीय टोली भिड्दै छन् । पुलिसले एपिएफलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने आर्मीले सेमिफाइनलमा सुदुरपश्चिमलाई पराजित गरेको हो ।

राखेप च्याम्पियन्सिप अन्तर्गत फुटबल प्रतियोगितामा आर्मीको टोली

सेमिफाइनलमा एपिएफले अग्रता लिएपनि पुलिसले नतिजा उल्टाउँदै जित हासिल गरेको थियो । आर्मीले पनि १-० बाट फर्कदै जित हासिल गरेको थियो । पुलिसले प्रतियोगितामा पहिलो रोजाईका खेलाडीलाई उतारेको छ भने आर्मीले दोस्रो रोजाइको टोलीलाई प्रतियोगितामा सामेल गरेको हो । भारत खवास , नवयुग श्रेष्ठ सम्मेलित पहिलो टोली भने आजबाट सुरु हुने इटहरी गोल्ड कपका लागि इटहरीमा छन् ।

आर्मीले माघ ८ गते ड्रुक युनाइटेड भुटानको सामना गर्नेछ । सोमबार धनगढीमा सम्पन्न खप्तड गोल्ड कपमा एपिएफलाई फाइनलमा हराउँदै आर्मीले वर्षको चौथो उपाधि जितेको हो ।

इटहरी गोल्ड कपको खेल तालिका हेर्न यहाँ थिच्नुहोस् ।

त्यस्तै राखेप च्याम्पियन्सिप अन्तर्गत आज नै तेस्रो स्थानका लागि एपिएफ र सुदुरपश्चिम भिड्दै छन् । एपिएफले आज नै इटहरी गोल्डकपको उद्घाटन खेलमा रुस्लान थ्री स्टारको पनि सामना गर्दै छ । राखेप च्याम्पियन्सिपमा भने एपिएफले दोस्रो रोजाइको टोलीलाई उतारेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.