8 years ago
January 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राखेप च्याम्पियनसिप अन्तर्गत फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको छ । घोराहीमा सम्पन्न नकआउट च्याम्पियनसिपमा आर्मीलाई टाई ब्रेकरमा ५-४ ले हराउँदै पुलिसले उपाधि जितेको हो ।
भरत खवास, नवयुग श्रेष्ठ लगायत पहिलो रोजाइका खेलाडी विना मैदानमा उत्रिएको आर्मीको ‘बी’ टीमले पुलिसलाई निर्धारित समयमा गोलरहित रोकेपछि खेलको नतिजा टाई ब्रेकरले तय गरेको थियो ।
टाई ब्रेकरमा पुलिसका सुमन लामा , बुद्ध लामा , तेज तामांग , दिनेश राजबंशी र निर कुमार राई गोल गरे भने आर्मीका राजिब गुरुङले गोल गरेनन् । आर्मीका जर्ज प्रिन्स कार्की , हिरन्य मगर , बिबेक बस्नेत र रुपेश केसीले गोल गरे ।
एपिएफ तेस्रो
तेस्रो स्थानको खेलमा एपिएफले सुदुरपश्चिमलाई टाई ब्रेकरमा नै हरायो । निर्धारित समय २-२ को बराबरीमा सकिएपछि खेलको छिनोफानो टाई ब्रेकरले गरेको थियो । एपिएफले पनि दोस्रो रोजाईको टोली उतारेको थियो । एपिएफको पहिलो टोली भने इटहरी गोल्ड कपमा थ्री स्टारसँग पराजित भयो ।
रोमाञ्चक खेलमा सुदुरले ३३ मिनेटमा मणि राम चौधरीको गोलमा अग्रता लिएपछि दोस्रो हाफमा ५५ औं मिनेटमा मनिष लामाले एपिएफलाई बराबरी गोल दिलाएका थिए । मणि रामले ६३ औं मिनेटमा सुदुरलाई दोस्रो पटक अग्रता दिलाए पनि आषिस लामाले खेलको अन्तिम मिनेटमा गोल गर्दै एपिएफलाई जोगाए ।
दुई गोल गरेका मणि रामले टाई ब्रेकरमा गोल गर्न असफल भएपछि सुदुर ४-३ ले पराजित भयो । सुदुरका प्रकाश हमाल , सुनिल धामी , राजन थागुनाले गोल गर्दा कृष्ण कथायतले भने गोल गरेनन् । एपिएफका दीपक खड्का चुके पनि आषिस, सन्तोष लामा , मान बहादुर लामा र सुमित आलेले गोल गरे ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]