default_image

8 years ago

January 22, 2018

रियलको सात गोल, रोनाल्डो र बेल चम्किए [हाइलाइट्स सहित]

330 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिश लालिगा अन्तर्गत साविक विजेता रियल म्याड्रिडले डेपोर्टिभोलाई ७-१ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, लुका मोड्रिच र नाचोले गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा गोल खाएपछि घरेलु टोली रियलले खेल पुरै उल्टाएको हो । ३२ औं मिनेटमा नाचोले गोल गर्दै खेल बराबरी पारेका थिए भने ४२ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा ग्यारेथ बेलले फेरि गोल गर्दै स्कोर ३-१ पारे । त्यस्तै रोनाल्डोको पासमा मोड्रिचले ६८ औं मिनेटमा टोलीको चौथो गोल गरे । त्यसपछि ७८ र ८४ औं मिनेटमा आफैंले थप्दै रोनाल्डोले आफ्नो खातामा पनि दुई गोल जोडे ।

खेलको अन्तिम मिनेटतिर डिफेन्डर नाचोले फेरि गोल गर्दै रियलको शानदार जित सुनिश्चित गरेका हुन् । यस जितसँगै रियलको १९ खेलमा ३५ अंक रहेको छ । रियल तालिकाको चौथो स्थानमा यथावत् नै रहेको छ ।

खेलको हाइलाइट्स हेर्नुहोस्:

 

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

Success

Thank you for your time.