default_image

8 years ago

January 23, 2018

डे ब्रुएन अझै पाँच वर्ष सिटीमै रहने

115 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर केभीन डे ब्रुएनले पाँच वर्षको नयाँ अनुबन्धन थप गरेका छन् । यस अनुबन्धनसँगै उनले म्यानचेस्टर सिटीको साथलाई सन् २०२३ सम्म लम्ब्याएका छन् ।

२६ वर्षीय बेल्जियन प्लेमेकरले यसअघि सन् २०२१ सम्म अनुबन्धन गरेपनि क्लबले उनलाई अझै राम्रो तलबसुबिधा सहितको करार दिएको हो । जारी सिजनमा ६ गोलका साथै १० असिस्ट प्रदान गरिसकेका डे ब्रुएन सन् २०१५ मा सिटी आएका थिए । उनलाई भित्र्याउन सिटीले त्यसबेला जर्मन क्लब वल्फ्सबर्गलाई साँढे पाँच करोड पाउण्ड खर्चेको थियो ।

सन् २०१२ मा चेल्सी आएपनि त्यहाँबाट जम्मा ३ खेल खेलेका केभीनलाई जर्मन क्लबले किनेको थियो । त्यसपछि जर्मन क्लबमा उच्च फर्ममा देखिएका उनलाई युरोपका ठूला क्लबले पछ्याएका थिए । सिटीमा आगमनसँगै उनले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । उनको उत्कृष्ट खेलको मदतले सिटी जारी सिजन सबै प्रतियोगितामा जिवितै छ ।

उनले नयाँ करार गरेसँगै अन्य क्लबहरुले उनलाई पछ्याउन छाड्ने पनि पक्का भएको छ । यसअघि रियल म्याड्रिड र बायर्न म्युनिखले डे ब्रुएनलाई भित्र्याउन ठूलो रकम खर्चने हल्ला चलेको थियो । तर गुआर्डीओलाको आग्रहमा क्लबले उनलाई मागअनुसारको नयाँ अनुबन्धन गरेको हो ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.