8 years ago
January 23, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल अंक तालिकाको पुछारमा रहेको स्वान्सीसँग पराजित गएको छ । गतसाता अपराजित रहेको म्यानचेस्टर सिटीलाई हराएको लिभरपुल १-० को पराजय भोग्दै अंक तालिकाको चौथो स्थानमा कायम रहयो ।

स्वान्सीका लागि खेलको पहिलो हाफको अन्तिमतिर अाल्फी मवसनले गरेको गोल जितको लागि पर्याप्त रहयो । उनलाई फेडेरिको फर्नान्डेजले असिट दिएका थिए । यस हारसँगै लिभरपुलले चौथो स्थानमा ५ अंकको अग्रता लिने अवसर गुमायो ।
फिलिप कोउटिन्हो बार्सिलोना प्रस्थान गरेपछि समस्या हुने भनिएपनि लिभरपुलले सिटीलाई हराउँदै राम्रो प्रदर्शन गरेको थियो । तर सोमबार मोहमद सलाह, रोबर्टो फिर्मीनो र साडियो मानेले अपेक्षाकृत प्रदर्शन गर्ने सकेनन् । स्वान्सीले पनि राम्रो डिफेन्स गर्दै विपक्षी टोलीलाई कुनै मौका दिएन ।

अंक तालिकामा लिभरपुल २४ खेलमा ४७ अंक जोड्दै चौथो स्थानमा छ । पुछारमा रहेको स्वान्सीले २० अंक जोडेको छ । टोली रेलिगेसन क्षेत्रबाट ३ अंक पछाडि छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]