8 years ago
January 23, 2018
इटहरी (हाम्रो खेलकुद) – जारी अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को चौथो क्वाटरफाइनलमा भारतीय क्लब गरिफा स्पोर्टिङ्ग क्लबले सुनसरीको राष्ट्रिय जागृती क्लबलाई १-० ले हराएको छ ।
यस जितसँगै गरिफा स्पोर्टिङ्गले सेमिफाइनलमा स्थान सुनिश्चित पारेको छ । भारतीय टोलीले खेलको दोस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । गरिफाका लागि क्लासिस सोलासले गोल गरेका थिए ।
खेलभरी अन्य गोल हुन नसक्दा सो गोल नै निर्णायक रह्यो । खेलको म्यान अफ द म्याच गोल गर्ने खेलाडि क्लासिस सोलास नै चुनिए । उनले ट्रफीसहित नगद १० हजार प्राप्त गरे ।
गरिफा स्पोर्टिङले सेमिफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्ने छ । सो खेल पर्सि माघ ११ गते खेलिने छ । त्यस्तै भोलिको पहिलो सेमिफाइनल खेलमा भने थ्री स्टारले त्रिभुवन आर्मीको सामना गर्ने छ ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]