default_image

6 years ago

January 23, 2018

धनगढीमा अब महिला गोल्डकप आयोजना हुने

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो । फागुन अन्त्यतिर महिला गोल्ड […]

17 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सफल आयोजना पछि धनगढीमा पहिलो पटक अर्को महिना महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । माघ १ गते सम्पन्न दास्रो गोल्डकप फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने क्रममा आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले महिला गोल्ड कप आयोजनाको घोषणा गरेको हो ।

फागुन अन्त्यतिर महिला गोल्ड कप आयोजना गर्ने गरि तयारी सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुदूरपश्चिम खप्तड गोल्ड कपमा ८ टोलीको सहभागिता रहने क्लबका वरिष्ठ उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । जसमा ६ स्वदेशी र २ विदेशी क्लब सहभागित हुने बताइएको छ । महिला गोल्ड कपको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्रिभुवन आर्मी क्लबले जितेको खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा भएको बताइएको छ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका थिए । सुदूरपश्चिम ११ ले अर्को वर्ष विजेतालाई २१ लाख र दोस्रो हुने टोलीलाई १० लाख ५० हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.