default_image

8 years ago

January 23, 2018

खप्तड गोल्डकप आयोजनामा घाटा

117 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा डेढ लाख रुपैयाँ भन्दा केही बढी घाटा भएको आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले जानकारी दिएको छ ।

पुस २१ देखि माघ १ गते सम्म धनगढी रंगशालामा आयोजना भएको सर्वाधिक पुरस्कार राशी मध्येको एक खप्तड गोल्ड कपमा १ लाख ६५ हजार ५ सय १६ रुपैयाँ घाटा भएको आयव्यय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
२२ लाख रुपैयाँ मात्र पुरस्कार राशीमा खर्च भएको प्रतियोगितामा ९१ लाख रुपैयाँ खर्च भएको जनाएको छ । विभिन्न ३७ शीर्षकमा ८९ लाख ३४ हजार ३ सय ८४ रुपैयाँ आम्दानी भएको जनाइएको । प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपले २० लाख रुपैयाँ प्रायोजन गरेको थियो भने टिकट विक्रीबाट १९ लाख रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ ।

त्यस्तै सह प्रायोजकका रुपमा नेपाल टेलिकम र जगदम्बा स्टिलले समान ४ लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ । त्यस्तै प्रतियोगितामा विभिन्न विभिन्न व्यापारिक प्रतिषन संघ, संस्थाले पनि सहयोग गरेको जनाइएको छ । १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा टोलीको व्यवस्थापनमा मात्र साढे ३३ लाख रुपैयाँ खर्च भएको महासचिव शाहीले बताए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ तथा दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका थिए । सुदूरपश्चिम ११ ले अर्को वर्ष विजेतालाई २१ लाख र दोस्रो हुने टोलीलाई १० लाख ५० हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

सोही पत्रकार सम्मेलनमा आयोजकले फागुनको अन्त्यतिर सुदूरपश्चिम खप्तड महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने बताएको छ । ६ स्वदेशी र २ विदेशी क्लबको सहभागिता रहने प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.