8 years ago
January 31, 2018
पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कपको पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले बंगलादेशको उत्तर बरिधाराको सामना गर्दै छ ।
थ्री स्टारले क्वाटरफाइनमा नेपाल एपिएफलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो भने उत्तर बरिधाराले सुदुरपश्चिम ११ लाई पराजित गरेको थियो ।
गत महिना धनगढीको खप्तड गोल्डकपबाट घरेलु फुटबलमा पुनरागमन गरेको थ्री स्टारले अघिल्लो साता इटहरीको मदन भण्डारी स्मृती गोल्ड कपको फाइनलमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । खप्तड गोल्ड कपको च्याम्पियन थ्री स्टारले आहाको पहिलो खेलमा भने एपिएफ विरुद्ध नियमित र अतिरिक्त समयमा गोल गर्न नसकेपछि पेनाल्टीमा निर्भर रहेको थियो ।
वोर्क पर्मिट नविकरण समयमा नभएकाले विदेशी खेलाडी खेलाउन नपाएको थ्री स्टारका प्रशिक्षक मेघराज केसी यस खेलमा भने समयमै कागज पत्र जुटाउनेमा आशावादी छन् । मंगलबार सार्वजनिक विदा भएकोले बुधबार खेल अघि खेलाडीहरुको नविकरण पुरा गर्न क्लबको व्यवस्थापन लागि परेको जानकारी उनले दिए ।
उता बंगलादेशी क्लबले भने यस खेलमा आफ्ना दुई विदेशी खेलाडी खेलाउन पाउने छैन । सुदुरपश्चिमसँग २-१ को जितमा रातो कार्ड पाएका सिला सोनलेमाने र कान्डे लान्सेन यस खेलमा उपलब्ध हुने छैनन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]