default_image

8 years ago

January 31, 2018

फुटबल फ्यान फेस्टिबल फेब्रुअरी ३ मा

108 views

0 Bookmark

काठमाडौँ (हाम्रोखेलकुद)- ईङ्गलिस प्रिमियर लिगको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाईटेडको नेपालस्थित आधिकारिक समर्थकहरुको समुह म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले यही फेब्रुअरी ३ तारिखमा ललितपुरको झम्सीखेलस्थित स्पोर्टस हाईव बारमा फुटबल फ्यान फेस्टिबल गर्ने भएको छ ।

म्यानचेस्टर युनाईटेड सपोटर्स क्लब नेपालले आफुले समर्थन गर्ने क्लबलाई स्थानिय स्तरमा प्रबद्धन गर्नको लागि कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ । रक्त दान कार्यक्रम, फुटबल हाजिरी जवाफ, गेम शो तथा अन्य रोमान्चक खेलहरु समाबेस गरिने जानकारी क्लबका अध्यक्ष दिपेश आचार्यले जानकारी दिए । उक्त क्लबले नियमित यस प्रकारको कार्यक्रम गर्दै आएको र त्यसैलाई निरन्तरता दिदै उक्त फेस्टिबलको आयोजना गरिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा रगतको अभाव भैरहेको यो समयमा रक्तदान कार्यक्रम आयोजना गरि क्लबले सामाजिक उत्तरदायित्व पुरा गर्ने प्रयास गरिएको कार्यक्रम संयोजक बिकास भण्डारीले जानकारी दिए । नेपाल मै पहिलो पटक अन्तर फुटबल फ्यान क्लब हाजिरी जवाफ र विभिन्न मनोरन्जनात्मक खेलहरु आयोजना गरी बिजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको जानकारी संयोजक भण्डारीले बताए ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.