8 years ago
January 31, 2018
अर्जुन कार्की
बागलुङ (हाम्रो खेलकुद) – पर्वतको कुश्मा नगरपालिका बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । बागलुङको भकुण्डे खेलमैदानमा बुधबार भएको खेलमा बागलुङको गल्कोट नगरपालिकालाई ३–१ ले हराउँदै कुश्मा अन्तिम आठमा पुगेको हो ।
१० औं मिनेटमा आशिष गुरुङले गोल गर्दै कुश्मालाई अग्रता दिलाए । तर त्यसको २ मिनेटपछि नै गल्कोटका लागि राहुल गौचनले बराबरी गोल फर्काए । कुश्माले खेलको २७ औं मिनेटमा सुदिप श्रेष्ठको गोलबाट पुन अग्रता लिएको थियो । उनले विपक्षी गोलकिपरबाट रिबाउन्डमा आएको बलमा गोल गरेका थिए । सन्तोष पुनले ४१ औं मिनेटमा अर्को गोल थपेपछि कुश्माको जित पक्का भएको थियो ।
नकआउटका आधारमा जारी प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा बिहीबार तीन खेल हुने बताइएको छ । पहिलो खेल म्याग्दीको बेनी नगरपालिका र गैडाकोट नगरपालिका, देवचुली नगरपालिका र गोरखा नगरपालिकाबीच पहिलो चरणको खेल हुनेछ ।
त्यस्तै बागलुङ नगरपालिका र व्यास नगरपालिकाबीच क्वार्टरफाइनल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]