8 years ago
February 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टिमलाई स्पेनिस स्पोर्टस् ब्रान्ड कम्पनी केल्मीले १ वर्षको लागि ५५ लाखको प्रायोजन गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र केल्मीले बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाली फुटबल टिमका लागि १ वर्षको लागि करिब ५५ लाख बराबरीको सामग्री प्रायोजन गरेको जानकारी गराए । सम्झौताअनुसार केल्मीले नेपाली फुटबल टिमका लागि १ वर्षसम्म विभिन्न खेल सामग्री उपलब्ध गराउनेछन् । केल्मीले नेपाली फुटबल टिमलाई जर्सी, ब्याग, फुटबल, ज्याकेट लगायत गरी करिब ३ हजार ७ सय ८८ पिस उपलब्ध गराउनेछ ।
केल्मीको प्रायोजनसँगै नेपालको नयाँ जर्सी पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । नेपालको नयाँ जर्सी पुरुष राष्ट्रिय टोलीका उपकप्तान भरत खवास र महिलातर्फकी उपकप्तान रेनुका नगरकोटीले सार्वजनिक गरे । नेपाली उमेर समूह, सिनियर महिला पुरुष टोलीले आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा केल्मीको प्रायोजनको जर्सी लगाएर खेल खेल्नेछ ।
एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले प्रायोजन सुरुवात भएको र आगामी दिनमा सम्झौतालाई थप गर्दै अघि बढ्ने बताए । ‘चीन फुटबल संघको पहलमा हामीलाई यो अवसर मिलेको हो ।’ अध्यक्ष श्रेष्ठे भने, ‘अहिले हामी केल्मीसँग एक वर्षका लागि जोडिएका छौं । सम्झौता ३ वर्षसम्म लाने सहमति भएको छ ।’
केल्मीका नेपालका लागि प्रबन्ध निर्देशक प्रदिप न्यौपानेले नेपाली फुटबल टिमलाई खेल सामग्री उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपालको फुटबल विकासको लागि निरन्तर सहयोग रहने बताए । यहि फागुनबाट आधिकारिक रुपमा कामरु ट्रेडिङ प्रालिले नेपालमा नेपाली फुटबलको जर्सी बिक्री गर्न थाल्ने प्रबन्ध निर्देशक न्यौपानेले जानकारी गराए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]