default_image

6 years ago

February 1, 2018

मेयर कपः गोरखा र व्यास नगरपालिका सेमिफाइनलमा

अर्जुन कार्की बागलुङ – गोरखा नगरपालिका र व्यास नगरपालिका, तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाइनलमा प्रवेश गरेको हो । गोरखाले नवौं मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिए पनि देवचुलीका सुमन आलेले २५ […]

36 views

0 Bookmark

अर्जुन कार्की

बागलुङ – गोरखा नगरपालिका र व्यास नगरपालिका, तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाइनलमा प्रवेश गरेको हो । गोरखाले नवौं मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिए पनि देवचुलीका सुमन आलेले २५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका सुदिप बस्नेतले ३३ औं मिनेटमा गोल गर्दै गोरखालाई अग्रता दिलाएका थिए । उनी खेलको ‘म्यान अफ द म्याच’ पनि घोषित भएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता लिएको गोरखाका लागि दोस्रो हाफमा सरोज श्रेष्ठले ७२ औं मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए । यस्तै आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक बागलुङ नगरपालिकालाई ४–२ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेको व्यासका लागि खेलको नवौं मिनेटमा अञ्जान प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेको २ मिनेटमै फेरी अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । खेलको २८ मिनेटमा अजय श्रेष्ठले गोल गर्दै व्यासलाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको आयोजक बागलुङले ५० औं मिनेटमा प्रमल थापाको गोलले अन्तर घटाएको थियो । खेलको ५० औं मिनेटमा व्यासको लागि आदर्श चन्दले गोल गर्दै टिमलाई पुनः ३ गोलकै अन्तर दिलाएका थिए । अन्तिम गोल ५८ औं मिनेटमा बागलुङ प्रमल थापाले ‘वान भर्सेज वान’मा गोल गरे पनि हारबाट टिमलाई जोगाउन भने सकेनन् ।

यस्तै बिहीबार नै हुने भनिएको बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिका नवलपुरको खेलमा गैडाकोट उपस्थित नभएपछि बेनी विजयी भएको आयोजकले जनाएको छ ।

नकआउटका आधारमा जारी प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार पहिलो खेल पोखरा लेखनाथ महानगरपालिका विरुद्ध कुश्मा नगरपालिका पर्वत र दोस्रो खेल वालिङ नगरपालिका स्याङजा विरुद्ध बेनी नगरपालिका म्याग्दीका बीच हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए ।

मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.