8 years ago
February 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसीले इन्डियन लिग (आइलिग) आज साँझ चर्चिल ब्रर्दशको सामना गर्दैछ । चर्चिलको मैदानमा खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ ।
किरणले डेब्यू गरेयता मिनेर्भा पराजित भएको छैन । शनिबार किरणले डेब्यू गरेको खेलमा मिनेर्भाले निरोकालाई १–० ले हराएको थियो । मंगलबार इष्ट बंगालसँगको खेलमा भने मिनेर्भा २–२ को बराबरीमा रोकिएको थियो ।
किरणको टोलीले २–० को अग्रतालाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको थियो । खेलमा विपक्षीको पेनाल्टी रोक्न सफल किरण म्यान अफ दी म्याच घोषित भएका थिए ।
शीर्ष स्थानमा रहेको मिनेर्भाको २६ अंक छ । एक खेल बढी खेलेको चर्चिलको २० अंक छ । १३ खेल खेलेको निरोकाको २४ अंक छ । १० टोली रहेको आइ लिगमा चर्चिल १० अंकसहित अंक तालिकाको पुछारमा छ ।
किरण लगातार दोस्रो वर्ष विदेशी क्लबमा खेलिरहेका छन् । उनले गत वर्ष माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यावसायिक फुटबल खेलेका थिए । उनीसँगै राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्ती मगर पनि आइ लिगको अर्को टोली मोहन बगानमा आबद्ध भएका छन् ।
सिलोङ लाजोङसँग भोली हुने खेलमा विमलले डब्यू गर्ने सम्भावना रहेको छ । सिलोङबाट केहि वर्ष अघि नेपाली टोलीका पूर्व कप्तान अनिल गुरुङले खेलेका थिए ।
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]