default_image

8 years ago

February 4, 2018

कोलकाताको दुर्गापुर बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, आयोजक धरान पराजित

111 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – आायोजक धरान फुटबल क्लबलाई सडेन डेथमा हराउदै कोलकाताको दुर्गापुर स्टिल एफसी २० औं बुढासुब्बा रेडबुल गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगिेको छ । निर्धारित र थप समयसयमा २–२ को बराबरीपछि खेल निर्णायका लागि पेनाल्टीमा पुगेको थियो ।

 

सडन डेथमा दुर्गापुर ४–३ ले विजयी भएको थियो । त्यसअघि पेनाल्टीमा ३–३ को बराबरी भएपछि निर्णय सडन डेथमा भएको थियो । सडन डेथमा धरान तिर्थ बस्नेत गोल गर्न असफल भएका थिए । धरान रंगशालामा भएको खेलमा आयोजक टोलीले पहिलो हाफमा दिएको अग्रता जोगाउन सकेन ।

दोस्रो मिनेटमा रोमन लिम्बुको गोलबाट धरानले अग्रता लिएको थियो भने वर्तमान राईले १६ औं मिनेटमा गोल थपे । खेलको अन्त्यतिर गोल फर्काउँदै दुर्गापुर खेलमा फर्केको थियो । ७७ औं मिनेटमा शाही केन्टले र ७८ औं मिनेटमा शुभम थापाले गोल गरेपछि खेल थप समयमा गएको थियो ।

१ सय नवौं मिनेटमाम धरानले पेनाल्टीमा गोल गर्न नसकेपछि खेल जित्ने मौका पनि गुमायो । निशान लिम्बुको पेनाल्टीलाई दुर्गापुरका गोलकिपरले जोगाए । प्रतियोगिताको पहिलो दिन लक्ष्मीह हुन्डाई मनाङ मस्र्याङ्दीलाई स्तब्ध पार्दै अर्को ए डिभिजन टोली सिएमजी क्लब संकटा सेमिफाइनल पुगेको थियो ।

प्रतियोगितामा सोमबार आहा गोल्डकप विजेता नेपाल पुलिस क्लबले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.