default_image

8 years ago

February 5, 2018

पुलिस बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

108 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा फुटबल टेनिङ सेन्टरलाई २–० ले हराउँदै पुलिस आहा गोल्डकप जितेको दुई दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो ।

तस्बिर सौजन्य : दीलिप राई

वर्षको तेस्रो उपाधि जित्ने अभियानमा रहेको पुलिसले सेमिफाइनलमा सिएमजी क्लब संकटाको सामना गर्नेछ । पुलिसले आहा गोल्ड कपअघि राखेप च्याम्प्यिनसिपमा स्वर्ण पदक जितेको थियो ।

धरान रंगशालामा भएको खेलमा पुलिसले आत्मघाती गोलबाट अग्रता बनाएको थियो । २० औं मिनेटमा रेजिन सुब्बाको प्रहार रोक्ने क्रममा काकरभिट्टाका विकेश थुलुङले आत्मघाती गोल गरेका थिए । ६४ औं मिनेटमा सुमन लामाले गोल गरेपछि पुलिसको गोलअन्तर दोब्बर भएको थियो ।

धरान फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा मंगलबार रुस्लान थ्री स्टार क्लब र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुनेछ । बुढासुब्बाको विजेताले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.