default_image

8 years ago

February 6, 2018

रुस्लान थ्री स्टारको सेमिफाइनल यात्रामा नीराजन नायक

129 views

0 Bookmark

धरान (हाम्रो खेलकुद) – नीराजन खड्काको ह्याट्रिकबाट प्ररित रुस्लान थ्री स्टार क्लब धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै थ्री स्टार आहा गोल्डकप फुटबल खेलेको तीन दिन पछि बुढासुब्बाको अन्तिम चारमा पुगेको हो ।

Nirajan Khadka

फाइनल तस्बिर

थ्री स्टारका लागि अर्को गोल सुनिल बलले गरेका थिए । अब फाइनल प्रवेशका लागि बिहीबार थ्री स्टारले भारत कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्नेछ । दुर्गापुर आयोजक धरानलाई सडन डेथमा हराउँदै अघि बढेको थियो । अर्को सेमिफाइनल नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटाबीच हुनेछ ।

सातौ मिनेटमा नीराजनको गोलबाट अग्रता लिएको थ्री स्टारका लागि सुनिलले ३७ औं मिनेटमा गोल गरेका थिए । ५४ औं मिनेटमा अर्को गोल गरेका नीराजनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । रजिन धिमालको क्रसमा नीराजनले दोस्रो गोल गरेका थिए ।

तेस्रो गोल उनले पेनाल्टीमा गरेका थिए । पेनाल्टी बक्समा सुदूरपश्चिमका खेलाडीले बल ह्यान्ड गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने नीराजन पहिलो खेलाडी समेत बनेका छन् । म्यान अफ दी म्याच नीराजनले १० हजार रुपैयाँ प्राप्त गरे । बुढासुब्बाको विजेताले उपाधिसहित ६ लाीख रुपैयाँ प्राप्त गर्नेछ । फाइनल शनिबार हुनेछ ।

तीन सातामा यो थ्री स्टारको तेस्रो नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल यात्रा हो । माघको १३ गते सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको थ्री स्टारले शनिबार आहा रारा गोल्ड कपको फाइनल खेलेको थियो । जसमा टोली नेपाल पुलिससँग १-० ले पराजित भएको थियो ।

डेढ वर्षपछि धनगढीमा सम्पन्न नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगितामार्फत थ्री स्टार घरेलु फुटबलमा फर्केको थियो । फर्केयताको यो थ्री स्टारको चौथो प्रतियोगिता हो । खप्तडमा भने टोली क्वार्टरफाइनलमा पराजित भएको थियो ।

तस्बिर सौजन्य : दीलिप राई

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.