default_image

8 years ago

February 6, 2018

मनाङले रुस्लान सिमरा गोल्डकप नखेल्ने, धुर्मुस सुन्तलीले उद्घाटन गर्ने

121 views

0 Bookmark

सिमरा (हाम्रो खेलकुद) – रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजक नवजनजागृती युवा क्लबले जनाएको छ । १० टोलीको सहभागितामा प्रतियोगिता बिहीबार बाराको सिमरा रंगशालामा सुरु हुनेछ ।


आयोजक क्लबका अध्यक्ष कासिम मियाँका अनुसार दुई पटकको विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले अन्तिम समयमा आएर प्रतियोगितामा भाग लिन नसक्ने जनाएपछि आयोजकका निलो र सेतो दुई टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष मियाँले भने ‘आफ्ना अधिकाँश खेलाडी घाईते भएकाले प्रतियोगितामा भाग लिन नसक्ने पत्र मनाङले सोमबार मात्रै पठाएको छ ।’

प्रतियोगितामा साविक विजेता सिएमजि क्लब संकटा, रुस्लान थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब विराटनगर, वीरगञ्ज युनाईटेड क्लब वीरगञ्ज, सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढी, विजय युथ क्लब धनगढी सहित आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि., ‘सेतो’ र एन.जे.जे.वाई.सि. ‘निलो’ ले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन ५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विजय डिष्टिलरी नवलपरासीको मूख्य प्रायोजनमा हुने प्रतियोगितामा आइ.एम.ई. जेनरल इन्स्योरेन्स लिमिटेड संगको सहकार्यमा खेलाडी, दर्शक तथा आयोजक समेतको दुर्घटना विमाको व्यवस्था समेत गरिएको आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

चर्चित कलाकार तथा समाजसेवी जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले प्रतियोगिताको उद्घाटन गर्ने आयोजक क्लबका अध्यक्ष मियाँले जानकारी दिए । प्रतियोगिताको उदघाटन खेलमा हेटौंडाको विजय युथ क्लब र आयोजक नवजनजागृती यूवा क्लबको एन.जे.जे.वाई.सि.‘सेतो’ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा झन्डै ७६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.