8 years ago
February 7, 2018
धरान (हाम्रो खेलकुद) – बुद्ध लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
थप समयका बुद्ध लामाले गरेको निर्णायक गोलमा टोली अन्तिम दुईमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । बुद्धले १५ मिनेट थपिएको समयको ११ औं मिनेटमा गोल गर्दै पुलिसलाई फाइनल पुर्याएका थिए । तर शनिबारमात्र टोलीले रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा रारा गोल्ड कपको उपाधि जितेको थियो ।
त्यसअघि टोलीले माघको सुरुआतमा राखेप च्याम्पियनसिप अन्तर्गतको फुटबलमा स्वर्ण पदक जितेको थियो । खेलमा पुलिसले अग्रता लिएको थियो । ५४ औं मिनेटमा रजिन सुब्बाले गोल गरे । तर ६४ औं मिनेटमा प्रकाश बुढाथोकीले बराबरी गोल गरेपछि खेल थप समयमा धकेलिएको थियो ।
शनिबार हुने फाइनलमा पुलिसले थ्री स्टार वा भारत कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्नेछ । ६ लाख रुपैयाँ विजेता प्राप्त गर्ने प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल बिहीबार थ्री स्टार र दुर्गापुरबीच हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]