8 years ago
February 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्रीस्टारसँग इटहरी गोल्डकप जितेपछि हिरो आइ-लिग खेल्न भारत पुगेका नेपाली स्ट्राइकर विमल घर्ती मगरको टोली मोहन बगान अहिले चेन्नाई सिटीसँग भिड्दै छ ।
सिलोङ लाजोङविरुद्धको पहिलो खेलमा विमल इन्जुरी समयको दोस्रो मिनेटमा आएका थिए र एक प्रहार गर्ने अवसर पाए जुन विपक्षी गोलकिपरले बचाऊ गरेका थिए । आज चेन्नाई सिटीविरुद्ध चलिरहेको दोस्रो खेलमा पनि विमल बेन्चबाटै सुरुवात गरे । तर मोहन बगानका अजहरुदिन मलिकको साटो विमल खेलको ३४ औं मिनेटमा मैदान प्रवेश गरेका छन् ।
आई लिगमा हरेक टोलीले ६ विदेशी खेलाडिलाई टोलीमा राख्नु पर्ने हुन्छ । ती ६ खेलाडिमध्ये केवल ५ मात्र सुरुवाती ११ मा खेल्न पाउँछन् । विमल बाहेक मोहन बगानमा नाइजेरियाका इज किङ्सली, अष्ट्रेलियाका केमरुन वाटसन, जापानका युटा किनोवाकी, केमरुनका डिपान्डा डिका र लेबननका अक्रम मोघ्राबि छन् । यी पाँचै खेलाडि विमलको तुलनामा अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित र अनुभवी खेलाडि रहेका छन् ।
त्यसैले विमल बेन्चबाट खेल सुरु गर्न बाध्य भएका हुन् । अहिले मोहन बगान चेन्नाई सिटीसँग पहिलो हाफको अन्त्यसम्म गोलरहित बराबरी खेल्दै छ । आजको खेल जिते मोहन बगान तालिकाको तेस्रो स्थानमा उक्लिने छ । दोस्रो हाफमा गोल गर्दै बाकिं सिजनको लागि छाप छोड्ने विमलसँग राम्रो मौका रहेको छ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]