default_image

8 years ago

February 7, 2018

विमलको टोली मोहन बगान विवादस्पद खेलमा चेन्नाईसँग रोकियो

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिरो आइ लिगमा मोहन बगान चेन्नाई सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । रेफ्रिले गलत खेलाडिलाई रातो कार्ड दिँदै मैदानबाट बाहिर निकालेपछि खेलमा विवाद उत्पन्न भएको थियो ।

विमल पहिलो खेलजस्तै यस खेल पनि बेन्चबाट सुरुवात गरेका थिए । तर मोहन बगानका अजहरुदिन मलिकको साटो विमल खेलको ३४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

दायाँ विङमा खेलेका विमल खेलमा शान्त र खासै संलग्न देखिएनन् । उनले खेलभरी निकै थोरै मौका पाए । खेलको ५७ औं मिनेटमा विमलले पोस्ट अगाडि कठिन अवसर पाएका थिए तर उनको प्रहार आकाशिएको थियो ।

खेलको अन्तिम समयतिर भने खेलमा लामै विवाद उत्पन्न भयो । मोहन बगानले खेलको ८० औं मिनेटमा पेनाल्टी पाए पनि अक्रम मोघ्राबि चुकेका थिए । त्यस पेनाल्टी बचाऊ भएको भन्दै चेन्नाईका खेलाडि उत्तेजित हुँदा रेफ्रिले तारिफ अखान्डलाई खेलको दोस्रो तथा एड्विन भ्यान्सपललाई खेलको पहिलो पहेंलो कार्ड देखाए ।

तर अखान्डको साटो रेफ्रिले भ्यान्सपललाई रातो कार्ड देखाउँदा खेलमा तनाव भएको थियो । यस बराबरीसँगै मोहन बगान तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.