8 years ago
February 8, 2018
धरान (हाम्रो खेलकुद) – लगातार दोस्रो साता रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुने भएको छ । भारत कोलकाताको दुर्गापुर स्टिल एफसीलाई बिहीबार १–० ले हराउँदै थ्री स्टार २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ ।
तस्बिर सौजन्य : दीलिप राई ।
परिवर्तित खेलाडी विष्णु गुरुङको गोलमा थ्री स्टारले लगातार तेस्रो साता तेस्रो नकआउटको फाइनल यात्रा तय गरेको हो । रक्षक अनन्त तामाङको ठाँउमा ७३ औं मिनेटमा मैदान प्रवेश गरेका विष्णु खेलको नायक बने । उनले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै थ्री स्टारलाई वर्षको दोस्रो उपाधितर्फ अघि बढाएका हुन् । थ्री स्टारका गोलकिपर एलन न्यौपानेले म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । पुलिस र थ्री स्टारले गत शनिबार पोखरामा १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलेका थिए ।
जहाँ पुलिस १–० ले विजयी भएको थियो । त्यहाँबाट दुवै टोली धरान यात्रामा निस्केका थिए । धरानमा पुलिसले पहिलो खेलमा काकरभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थियो ।
थ्री स्टारले सुदूरपश्चिम ११ लाई ४–० ले हराउँदै दुर्गापुरसँगको सेमिफाइनल भेट पक्का गरेको थियो । दुर्गापुर आयोजक धरान फुटबल क्लबलाई सडन डेथमा हराउँदै अघि बढेको थियो । डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गरेयता थ्री स्टारको यो चौथो प्रतियोगिताका हो ।
पहिलो प्रतियोगिताका रुपमा रहेको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कपको क्वार्टरफाइनल खेलेको थ्री स्टार अर्को साता मदन स्मृति इटहरी गोल्ड कपको च्याम्पियन बनेको थिए । त्यसको एकसातामा टोलीले आहा गोल्ड कपको फाइनल पुगेको थियो ।
आज भारतीय क्लबलाई हराउँदै टोलीले लगातार फाइनलको यात्रा तय गरेको छ । शनिबार हुने प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]