default_image

8 years ago

March 1, 2018

चितवनमा थ्री स्टार र मनाङको भिडन्त

134 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा आमना सामना हुँदैछ । एक महिना भन्दा केही दिनका बीचमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।tsc mmc

माघ १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलपछि यी दुई टोलीबीच पहिलो पटक भेट हुँदैछ । डेढ वर्षपछि घरेलु फुटबलमा पुनरागमन गर्दै पहिलो उपाधि जित्दा थ्री स्टारले इटहरीमा मनाङलाई हराएको थियो । मनाङ भने त्यसपछिका कुनै पनि नकआउट प्रतियोगितामा फाइनल पुग्न सकेको छैन ।

थ्री स्टारले भने इटहरीसहित लगातार ४ वटा नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्यो । जसमा इटहरी र धरानको बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि जित्यो । पुनरागमनपछिको आठौं प्रतियोगिता खेलिरहेको थ्री स्टार र मनाङ दुवैले हेटौंडामा भने राम्रो नतिजा निकाल्न सकेनन् ।

मनाङ इटहरीपछि पोखराको आहा रारा गोल्डकप, बुढासुब्बामा पनि धेरै अघि बढ्न सकेन । जसका कारण टोलीले नवौं सिमरा गोल्डकपमा टोलीलाई आराम दियो । हेटौंडा गोल्डकपमार्फत पुनरागमन गर्दा नी टोलीको नतिजा सन्तोषजनक हुन सकेन । यता चितवनमा भने दवै टोली एक एक खेल जित्दै सेमिफाइनलमा भिड्दैछन् ।

कुनै समयमा राजधानीमा यी दुई टोली दशरथ रंगशालामा उत्रदा त्रिुपरेश्वरमा दर्शकको ठूलो घुइचो लाग्ने गरेको थियो । मनाङ र थ्री स्टार दुवै वर्षको तेस्रो उपाधिको खोजीमा छन् । मनाङ र थ्री स्टाररसँगै यो सिजन नेपाल पुलिस क्लबले समान २ उपाधि जित्दा त्रिभुवन आर्मी क्लबले भने ६ वटा नकआउट उपाधि जितिसकेको छ ।

मनाङले चितवनमै जेसिज कप र दुवही गोल्डकपको उपाधि जितेपछि तीन वटा फाइनल गुमाएको थियो । जसमा सताक्षी गोल्डकप, मेत्री नेत्रालय काकररभिट्टा गोल्डकप र इटहरी गोल्ड कप छन् । बाँकी प्रतियोगितामा टोली धेरै अघि बढ्न सकेन । थ्री स्टारले भने यसअघि ७ प्रतियोगिता खेल्दा ४ वटा फाइनल खेलेको थियो ।

दुवै टोलीका प्रशिक्षक आजको खेलमा सफलता प्राप्त गर्नेमा आशावादी छन् । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले एक साताको अभ्यासपछि टोली केहि सेट भएकोले सफल नतिजाको आशा गर्न सकिने बताए । ‘हाम्रो स्टपर र स्ट्राइकर हरेक खेलमा परिवर्तन हुँदा सोचे जस्तो प्रदर्शन गर्न सकेनौं,’ उनले भने, ‘हामी अरुले राम्रो खेलेर भन्दा पनि आफ्नै गल्तिका कारण हारेका छौं । आज त्यो गल्ति दोहोराउन हुन्न भन्नेमा दृढ छौं ।’

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले पहिलो खेलमा विदेशी र जुनियर खेलाडीलाई उतार्दै सफल नतिजा निकालेका थिए । आजको खेलमा निराजन खड्का, सुनिल बल र बुद्ध चेम्जोङ फर्कदैछन् । १८ खेलाडी मात्र दर्ता गराउन पाउने हुँदा पहिला दर्ता नगराइएका रक्षक अनन्त तामाङ र रजिन धिमालले आज खेल्ने छैनन् । त्यसका वावजुद पनि सफलता प्राप्त गर्नेमा केसी आशावादी छन् ।

‘थ्री स्टार र मनाङ भनेका घरेलु फुटबलका सदाबहार बलिया टोली हुन् । हामी जति सक्दो राम्रो गर्ने कोशिसमा हुनेछौं,’ केसीले भने, ‘यहाँ राम्रै नतिजाका साथ फर्कनेमा हामी दृढ छौं । मनाङ र थ्री स्टारबीचको विजेताले नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगितामा शनिबार फाइनलमा एपिएफको सामना गर्नेछ । ‘

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

Success

Thank you for your time.