default_image

8 years ago

April 1, 2018

संकटा विराट गोल्डकपको क्वार्टरफाइनल प्रवेश 

89 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)– भारतको मोहम्मडन स्पोर्टिङ क्लब कोलकातालाई आइतबार पाखा लगाउँदै सिएमजी संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय गोलरहित बराबरी सकिएपछिको थप समयमा संकटाले गोल गरेपछि टोली १–० ले विजयी भएको छ ।

संकटाको संघर्षपूर्ण जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने । उनले थप समयको १३ औं मिनेटमा गोल गरेका थिए । दिवा रात्री खेलमा लक्ष्मण रुचालको क्रसमा जिब्रेलले भलीमा गोल गर्दै टोलीलाई अघिल्लो चरणमा पुर्याएका थिए । कमजोर फिनिसिङका कारण संकटाले जितका लागि थप समय सम्म कुर्नु परेको थियो । कोलकाताको तुलनामा गोल गर्नका लागि पाएका धेरै अवसरलाई उसले सदुपयोग गर्न सकेन । निरन्तर पोष्ट आक्रमण गरेपनि संकटाको आधा दर्जन आक्रमण खेल गएको थियो ।

१५ औं मिनेटमा लक्ष्मणको पासमा जिब्रेलको प्रहार क्रसबार माथिबाट बाहिरियो । ३६ औं मिनेटमा लक्ष्मणको हेड प्रहारले पनि पोष्टको बाटो लिन सकने । ५३ औं मिनेटमा लक्ष्मणकै प्रहारमा कोलकाताका गोलकिपर अविजित सरदारले रोके । ६० औं मिनेटमा संकटाका युसुफको प्रहारले विपक्षी बार तोड्न सकेन । रिबाउण्डपछि प्रहार गरिएको बललाई पनि गोलकिपर अविजितले रोके । ६४ औं मिनेटमा जिब्रेलको अर्को प्रहारलाई अविजितले विफल पारे ।

संकटाको तुलनामा कोलाकाताले कम अवसर सृजना गर्यो । पाएका अवसरलाई सदुपयोग गर्न सकेन । १३ औं मिनेटमा आमिर हुसेनको पासलाई जोत मासीले गोलमा परिणत गर्न नसक्दा संकटालाई दबाबमा राख्ने कोलकाताको प्रयास सफल भएन । थप समयको २७ औं मिनेटमा पेनाल्टी बक्समा नोट्री जेम्सले गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो । लगत्तै केके फ्रयाङकोइसको प्रहार संकटाका गोलरक्षक सागर पियाको हातमा पुग्यो । रिबाउण्डमा गोलकिपर सागर विट भएपनि नोट्री जेम्सको प्रहार नवीन गुरुङले क्लियर गर्दा बराबरी टरेको थियो ।

कोलकाताका प्रशिक्षक अनन्त घोषले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । कटारी गोल्डपको उपविजेता संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रदा पनि नतिजा हात लग्नु गर्वको विषय भएको बताए ।

खड्गीले सिनियर खेलाडी बुटवलमा खेलिरहेका कारण जुनियर खेलाडी मात्र विराट गोल्डकपमा सहभागी भएको जानकारी दिए । ‘सुरुमै अग्रता लिनु पर्ने भए पनि राम्रा अवसरको सदुपयोग हुन सकेन,’ उनले भने, ‘तर अन्तिम समयमा आएर नतिजा उम्कन नपाउनु नै ठूलो कुरा हो ।’ संकटाका कप्तान सरोज दाहाल खेलेको घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे ।

विराट गोल्डकपमा सोमबारको खेल
रिजालको मोरङ–११ र रमपम झापा–११

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.