default_image

8 years ago

April 2, 2018

मनाङका अञ्जन मदन भण्डारी गोल्डकपका सर्वोत्कृष्ट खेलाडी

111 views

0 Bookmark

बुटवल (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका अन्जन विष्ट मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको फाइनलमा सोमबार रुस्लान थ्री स्टारसँग मनाङ २–१ ले पराजित भएपनि अन्जन व्यक्तिगत पुरस्कार पाउन सफल रहे ।

अन्जन विष्ट

केहि महिना अघि नेपाल एपिएफ क्लबबाट मनाङ पुगेयता अन्जन मनाङमा जम्ने प्रयासमा छन् । यू १९ उमेर समूह हुँदै राष्ट्रिय टोलीमा पुगेका अन्जन अहिले टोलीका पहिलो रोजाईका खेलाडी बन्न सफल भएका छन् । सर्वोत्कृष्ट भएवापत उनले ५० हजार रुपैयाँ प्राप्त गरे । अन्जन प्रतियोगिताका सर्वाधिक गोल कर्ता समेत बनेका छन् ।

अन्जनले क्वार्टरफाइनल र सेमिफाइनलमा समान २ गोल गरेका थिए । एसियन कप छनोट अन्तर्गत कतारमा यमनसँगको खेल खेलेर फर्के लगत्तै बुटवल पुगेका अन्जनले २ गोल गरेपनि मनाङले नेपाल पुलिस क्लबलाई २–१ ले हराएको थियो । सुनौलो संगम बुटवललाई सेमिफाइनलमा टोलीले ५–० ले हराउँदा पनि अन्जनले २ गोल गरेका थिए ।

गोलकिपरबाहेक प्रतियोगिताका बाँकी सबै व्यक्तिगत अवार्ड थ्री स्टारले जित्यो जिते । थ्री स्टारका पिटर उत्कृष्ट रक्षक, कप्तान नीराजन खड्का उत्कृष्ट मिडफिल्ड र मार्टिन उत्कृष्ट फरवार्ड घोषित भए । थ्री स्टारका मेघराज केसी उत्कृष्ट प्रशिक्षक चुनिए । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका विनायक श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । उत्कृष्ट सबैले समान १५ हजार रुपैयाँ प्राप्त गरे ।

नकआउटका आधारमा चैत ९ गते देखि सञ्चालित प्रतियोगिताको विजेता, उपविजेता टोलीका खेलाडीलाई प्रदेश ५ का मुख्य मन्त्री शंखर पोखरेल,आयोजक एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुरस्कृत गरे ।

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

Success

Thank you for your time.